२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीको प्रि-अन्तर्वार्ता भन्दै पूर्व श्रममन्त्री श्रेष्ठको आचारसंहिता विपरित मतदाता प्रभा

२०७९, ३० आश्विन आईतवार ०६:३५

असोज ३०, बारा। वैदेशिक रोजगारीमा जाने युवाको प्रि-अन्तर्वार्ता भन्दै पूर्व श्रममन्त्री किसान श्रेष्ठले निर्वाचन आचारसंहिता विपरित मतदाता प्रभावित पार्ने प्रयास गरेका छन् । बारा- ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका श्रेष्ठले परवानीपुरस्थित बिएस पार्टी प्यालेसमा आइतबार अन्तर्वार्ता राख्न लगाएका हुन् ।

श्रेष्ठका स्वकीय सचिव जगत श्रेष्ठको निर्देशन बमोजिम ललितपुर–७ ग्वार्कोस्थित इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले परवानीपुरमा मलेसिया जाने युवाहरुको अन्तर्वार्ता राखेको हो । दुई दिनसम्म चल्ने उक्त अन्तर्वार्ता लिने स्थानमा पूर्वमन्त्री श्रेष्ठ र प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलको ब्यानर राखिएको छ ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भईसकेका श्रेष्ठले चुनावी प्रचारमा म्यानपावर कम्पनीको प्रयोग गरेका हुन् । इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीका प्रशासन प्रमुख विवेक शर्माले पूर्व श्रममन्त्री श्रेष्ठका स्वकीय सचिव जगत श्रेष्ठको निर्देशन बमोजिम अन्तर्वार्ता राखिएको बताए । शर्माका अनुसार प्रि-अन्तर्वार्तामा छनौट भएकाहरुलाई अर्को अन्तर्वार्ता लागि दुई दिनपछि काठमाडौमा बोलाइने र तीन महिनाको प्रक्रियापछि मलेसिया पठाईनेछ ।

मतदातालाई प्रभावित पार्ने उदेश्यसहित उम्मेदवारको चुनावी ब्यानरमुनी अन्तर्वार्ता राखिएपछि अन्य राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरितका कार्य गरिएको भन्दै आपत्ती जनाएका छन् । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले उम्मेदवारको ब्यानर र पार्टीको झण्डा हटाउन प्रहरी परिचालन गरिसकेको जानकारी दिएका छन् ।


फ्रि भिसा/फ्रि टिकटमा मलेसियास्थित रोजगारदाता कम्पनी स्यारिकात सिन क्वङल प्लास्टिक इण्डष्ट्रिजमा रोजगारीको अवसर रहेको भन्दै इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले सात सय ५० जना कामदार माग गरेको सूचना निकालेको थियो । सोही सूचना बमोजिम निर्वाचनको समयमा उम्मेदवारको चुनावी ब्यानरमुनी अन्तर्वार्ता राखिएको हो ।

उक्त कम्पनीले यसअघि तनँहुमा पनि अन्तर्वार्ता राखेको थियो । तनँहु पूर्वमन्त्री श्रेष्ठको गृह जिल्ला हो । नेकपा एकिकृत समाजवादीका नेता समेत रहेका श्रेष्ठले सत्ता शक्तिको दुरुपयोग गर्दै निर्वाचन आचारसंहिता विपरित मतदातालाई प्रभावित पार्न खोजेको स्थानीय रमेश साहले बताए ।

अन्तर्वार्ताका लागि सर्लाही, मोरङ, सुनसरीसहित देशका विभिन्न स्थानबाट युवाहरु परवानीपुर आएका छन् । तर म्यानपावर कम्पनीले भने बारा क्षेत्र नं. ४ का युवाको मात्रै अन्तर्वार्ता लिने भनेपछि अन्य जिल्लाबाट आएका युवाहरु अलपत्र परेका छन् । सर्लाही मलंगवाबाट आएका होजेन्द्रकुमार यादवले म्यानपावर कम्पनीले सूचना गरे बमोजिम आफू आएको तर यहाँ आएपछि निर्वाचन क्षेत्र नं. ४ का युवाहरुको मात्रै अन्तर्वार्ता लिने भनेपछि आफूहरु अलपत्र परेको बताए ।

अन्य जिल्लाबाट आएका युवालाई फर्काउदै नेकपा एकिकृत समाजवादीका कार्यकर्ताहरु यतिबेला स्थानीय युवा खोज्न गाँउमा परिचालित भएका छन् । फ्रि भिसा, फ्रि टिकटमा मलेसिया लैजाने भन्दै गाँउबाट युवाहरु खोजेर अन्तर्वार्तामा ल्याउन समाजवादीका कार्यकर्ता परिचालित भएका हुन् । चुनावी अभियानका क्रममा श्रेष्ठले बेरोजगार युवालाई आफ्नै क्षेत्रमा रोजगारी दिने र रोजगारको वातावरण बनाउने बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा