सन्तोषकुमार गुप्ता । भदौ, ३० दाङ । प्रदेश नंबर पाँचको उच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । भदौ, ३० दाङ । प्रदेश नंबर पाँचको उच"/>
२९ पुष २०८२, मंगलवार
दाङ्ग - DNG

प्रदेश नम्बर ५ को उच्च अदालत दाङको तुलसीपुरमा, प्रान्तीय राजधानी दाङ नै हुने सम्भावना

३० भाद्र २०७३, बिहीबार ०२:५८

सन्तोषकुमार गुप्ता । भदौ, ३० दाङ । प्रदेश नंबर पाँचको उच्च अदालत दाङको तुलसीपुरमै हुने भएको छ । बुधबार मन्त्रीपरिषदको बैठकले सात प्रदेशको मुकाम रहने स्थान तोकेको छ । जसमा प्रदेश नंम्बर पाँचको उच्च अदालत दाङको तुलसीपुरमा रहने उल्लेख गरेको छ । संसदले १४ वटा पुनरावेदन अदालत विघटन गरी सात उच्च अदालत गठन गर्ने विधेयक यसै साता पारित गरेको थियो । नेपालको संविधानले सात प्रदेशमा एक एक उच्च अदालत रहने व्यवस्था गरेको छ । आगामी असोज ३ भित्रमा उच्च अदालत गठन भइसक्नुपर्ने संवैधानिक प्रावधान छ । यसैलाई मध्यनजर गरेर सरकारले सात उच्च अदालत रहने स्थान तोकेको हो ।

जसअनुसार, प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङको तुलसीपुर , ६ को सुर्खेत र ७ नम्बर प्रदेशको उच्च अदालत दिपायलमा रहने निर्णय बुधबारको मन्त्री परिषद् बैठकले गरेको छ । प्रदेश नंबर ५ को उच्च अदालत दाङमै हुने भएपछि प्रान्तिय राजधानी दाङमै हुने प्रायः निश्चित भएको छ । दाङको तुलसीपुरमा उच्च अदालत बनाउने मन्त्रिपरिषदको निर्णय भएसंगै प्रान्तिय राजधानी पनि दाङमै हुने बलियो आधार बनेको छ । 

संबिधानमा जहाँ उच्च अदालत हुन्छ त्यहाँ प्रान्तिय राजधानी बनाईने ब्यबस्था छ ।हालका प्रदेशमा दुईभन्दा बढी पुनरावेदन अदालत रहेकोमा अब एउटालाई उच्च अदालत र अर्कोलाई उच्च अदालतकै अर्को इजलासका रूपमा मान्यता दिइनेछ । नयाँ संविधानले सर्वोच्च , उच्च र जिल्ला अदालत गरी तीन तहको न्यायप्रणाली व्यवस्था गरेकाले पुनरावेदन अदालत खारेज गरी उच्च अदालत गठन हुन लागेका हुन् । पुनरावेदन अदालतमा छिन्न बाँकी मुद्दा, निवेदन वा प्रतिवेदनहरू सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सम्बन्धित उच्च अदालतमा सारिनेछन । उच्च अदालतबाट शुरु कारबाही र किनारा हुने मुद्दाका साथै आफ्नो प्रादेशिक अधिकार क्षेत्र भित्रका जिल्ला अदालते गरेका फैसलाको पुनरावेदन सुन्ने अधिकार उच्च अदालतलाई हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव