गिरिराज नेपाली । भदौ, २९ दाङ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गिरिराज नेपाली । भदौ, २९ दाङ । 

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रचण्ड मधेशलाई बोकेर भारतको प्यारो हुन खोजे ः पौडेल

३० भाद्र २०७३, बिहीबार १२:०२

गिरिराज नेपाली । भदौ, २९ दाङ । नेकपा एमालेका उप–महासचिव एंव पुर्व अर्थमन्त्रि विष्णु पौडेलले वर्तमान सरकार मधेसलाई वोकेर भारतको प्यारो हुन खोजेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल दाङ शाखाले विहीवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले प्रधानमन्त्री प्रचण्ड मधेशलाई बोकेर भारतको प्यारो हुन खोजेको आरोप लगाएका हुन । पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले हिजोका विध्वँसकारी र संविधान विरोधीहरु पनि आज सरकारमा बस्नुलाई एमालेकै नीतिको जित भएको बताए । ‘त्यसको मुख्य कारण,नेपाली राजनीतिको जित अर्थात एमालेको जित नै हो ।’ उनले भने ‘संविधान निर्माणमा एमाले ठूलो महत्वका साथ अगाडि बढेको भएपनि तर, कार्यन्वयन गर्छु भन्दा एमाले सरकार प्रति नै सत्ता साझेदार दलहरुले घात गरे ।’

संविधान संशोधन एकतारेको याँई—याँई

उनले संविधान संशोधन एकतारे बजाउँदा निस्कने (याँई(याई मात्रै भएकोले त्यसको कुनै अर्थ नरहेको बताएका छन् । नेता पौडेलले मधेसवादी दलहरुको एकोहोरो संशोधनको (याँई(याँई कुनै धुन धुन निकाल्न नसक्ने बताए । उनले भने ‘नेपाल र नेपालीको चाहाना संविधान कार्यन्वयन ,आर्थिक समृद्धि र स्थायित्व हो । तर,मधेसीवादी दल र सत्ता साझेदारदलहरु संविधान संशोधनको नाटक मञ्चन गरेर सत्ता टिकाउने दाउ मात्रै गरिरहेका छन् ।’ प्रतिपक्षमा रहेको एमाले त्यसमा सजक र सर्तक रहेकोले संविधान संशोधन आफुहरुका लागि कदापी मान्ने नहुने बताए । उनले भने ‘कार्यन्वयन नेपाल र नेपालीको चाहाना हो भने संशोधन नेपाली जनता होईन दक्षिणपन्थी ईसारा हो ।’ जहाँ हो संशोधनको एकतारे रेटाई मात्रै भईरहेको छ । यो ठिक हैन । यो देश हितमा छैन “, उने भने । प्रेस चौतारी नेपालका जिल्ला शाखा दाङका अध्यक्ष टिका वस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव ईन्द्र डिसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव