२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाही–१ प्रदेश (१) बाट लोसपाका महतो पुनः विजयी

२०७९, ७ मंसिर बुधबार १६:५६

मङ्सिर ७, सर्लाही । सर्लाही क्षेत्र नं १ प्रदेशसभा (१) मा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उपेन्द्र महतोले प्रदेशसभा सदस्यमा विजयी प्राप्त गर्नुभएको छ । उहाँ नेकपा(माओवादी केन्द्र)का रामचन्द्रसिंह कुशवाहलाई दुई हजारभन्दा बढी मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

आज बेलुका करिब ८ः१० बजे सार्वजनिक गरिएको मतपरिणामअनुसार महतोले १२ हजार दुई सय ६५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कुशवाहले १० हजार एक सय ३७ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महतोले दुई हजार एक सय २८ मतान्तरले कुशवाहलाई पराजित गर्नुभएको हो । जनता समाजवादी पार्टीका उम्मेदवार अहमद मियाँ मुकेरीले चार हजार ३१ मत ल्याउनुभएको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नं १ को (१) बाट लोसपाबाट महतोले २०७४ सालको निर्वाचनमा पनि जित निकाल्नुभएको थियो । प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ मा महतोले लोकतान्त्रिक–वाम गठबन्धनतर्फबाट साझा उम्मेदवारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा