मधेश प्रदेशः सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक

Posted on: 28 Nov, 2022

मङ्सिर १२, जनकपुरधाम (रासस) । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले  स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् । 

संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा ९एमाले० र जनता समाजवादी पार्टी ९जसपा० कोे गठबन्धन थियो । तर यहाँ सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको स्पष्ट बहुमत आउन नसकेपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने निश्चित देखिएको छ । प्रदेशसभामा प्रत्यक्षतर्फका ६३ क्षेत्रको नतिजा आउँदा वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलले २८ र एमाले नेतृत्वको गठबन्धनले २२ सिट जितेको छ । अन्तिम नतिजा आउन बाँकी धनुषा ४९२० मा एमाले उम्मेदवार अगाडि छन् ।  

वाम लोकतान्त्रिक गठबन्धनका दलमध्ये कांग्रेसले १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सात, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० ले प्रदेशसभामा चार÷चार सिट जितेका छन् । यो गठबन्धनमा कांग्रेसले सप्तरी–३९१०, धनुषा– ३९१०, धनुषा–४९१०, सर्लाही–२९१०, सर्लाही–२ ९२०, सर्लाही–४९१०, रौटहट–१९१०, रौटहट–१९२०, रौतहट–३९२०, पर्सा–२९१०, पर्सा–३९२०, पर्सा–४९१० र धनुषा १९१० मा जितेको छ । 

त्यसैगरी लोसपाले पर्सा–२९२०, महोत्तरी–२९१०, महोत्तरी–३९१०, महोत्तरी–३९२०, सर्लाही–१९१०, सिरहा–४९२० र बारा–४९२० मा जितेको छ । माओवादी केन्द्रले सर्लाही–४९२०, महोत्तरी–१९२०, रौतहट–४९१० र पर्सा–१९१० मा जितेको छ भने एकीकृत समाजवादीले रौतहट–२९२०, सर्लाही–१९२०, सिरहा–३९२० र सप्तरी–४९१० मा जितेको हो ।  

एमाले–जसपा गठबन्धनमा एमालेले १४ र जसपाले नौ स्थानमा जितेको छ । एमालेले सप्तरी–१९१०, सिरहा–१९१०, सिरहा–२९२०, सिरहा ३९१०, धनुषा–१९१०, धनुषा–२९१०, धनुषा–३९२०, रौतहट–२९१०, बारा–१९१०, बारा ३९१०, बारा–४९१०, बारा–३९२०, महोत्तरी १९१० र महोत्तरी ४९१० मा जितेको छ । जसपाले धनुषा–२९२०, पर्सा–१९२०, पर्सा–४९२०, बारा–१९२०, रौतहट–४९२०, सर्लाही–३९२०, सिरहा–१९२०, बारा–२९२० र महोत्तरी ४९२० मा जितेको हो । 

यी दुई गठबन्धनबाहेक जनमत पार्टीले छ र स्वतन्त्र उम्मेदवारले छ क्षेत्रमा जितेका छन् । जनमत पार्टीले सप्तरी–१९२०, सप्तरी–२९१०, सप्तरी–२९२०, सप्तरी–३९२०, सिरहा–४९१० र सिरहा–२९१० मा जितेको छ भने स्वतन्त्र उम्मेदवारले पर्सा–३९१०, बारा–२९१०, महोत्तरी–२९२०, रौतहट–३९१०, सर्लाही–३९१० र सप्तरी–४९२० मा जितेका हुन् ।   

समानुपातिकतर्फको अहिलेसम्मको मतअनुसार तीन लाख १७ हजार एक सय १४ मतसहित कांग्रेस पहिलो र दुई लाख ८१ हजार नौ सय दुई मतसहित एमाले दोस्रो स्थानमा छ । त्यसैगरी जसपाले दुई लाख २७ हजार चार सय ७०, जनमत पार्टीले दुई लाख २१ हजार आठ सय ६७, माओवादीले एक लाख ४० हजार आठ सय २८, एकीकृत समाजवादीले ९३ हजार चार सय ६२ र लोसपाले ८० हजार पाँच सय ८० मत प्राप्त गरेको छ ।   

अघिल्लो निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ सङ्घीय समाजवादी फोरम ९हालको जसपा० ले १९ र राष्ट्रिय जनता पार्टी ९हालको लोसपा० ले १५ गरी ३४ सिट जितेका थिए । एक सय सात सदस्यीय मधेश प्रदेशसभामा समानुपातिकसहित जसपाको २९ र लोसपाको २५ सहित स्पष्ट बहुमत थियो । त्यो बेला एमालेको २१, कांग्रेसको १९, माओवादी केन्द्रको ११ र सङ्घीय समाजवादी नेपाल पार्टी नेपालको एक सिट जोड्दा पनि सरकार बन्ने अवस्था थिएन । अहिले भने यी दुवै गठबन्धनले स्पष्ट बहुमत नल्याएपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने देखिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!