रबिन्द्र यादव/भदौ ३१ नवलपरासी । नवलपरासीको रमपुरवा र हरपुर गाउँ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रबिन्द्र यादव/भदौ ३१ नवलपरासी । नवलपरासीको रमपुरवा र हरपुर गाउँ "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

युवाहरूको सम्मेलन कार्यक्रम नवलपरासीमा सम्पन्न

३१ भाद्र २०७३, शुक्रबार १३:४१


रबिन्द्र यादव/भदौ ३१ नवलपरासी । नवलपरासीको रमपुरवा र हरपुर गाउँ विकास समितिका युवाहरुको सम्मेलन महेशपुर मा सम्पन्न भएको छ ।

सम्मेलन रमपुरवा र हरपुर गाविसका प्रमुख अतिथि पारसनाथ वर्मा रहनु भएको थियो । प्रमुख अतिथि वर्माले आजको युवाले लागू दुर्वेसनी तथा ओसारपसार मा लागेको भन्दै दुख ब्यक्त गर्नु भएको थियो । 

युवाहरु हातेमालो गर्दै गाउँ टोल सामज सामुदायको सकारात्मक रुपान्तरण मा लाग्न बताउनु भयो साथै हाल युवाहरुको जनशक्ति विदेश पलायन भैरहेकोमा चिन्ता ब्यक्त गर्नु भएको थियो र सरकारले युवा जनशक्ति स्वदेश मै प्रयोग गर्ने किसिमको योजना ल्याउनु पर्ने मा जोड दिनु हुँदै, युवाहरुको साथमा आफु र आफ्नो गाविस निरन्तर रहेको जानकारी दिनु भयो । 


सम्मेलन मधेस युवा उत्थान विकास मंच नवलपरासीको संयोजक धिरज त्रिपाठीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि गाविस सचिव पारसनाथ वर्मा, विशिष्ट अतिथि दलित समाजका केन्द्रीय सदस्य छबिलाल हरिजन, मंचका उपाध्यक्ष युवराज मौर्या, सदस्य लोकनाथ ज्ञ्वाली, समाज सेवी तारा देवि जयसवाल लगायतले बोल्नु भएको थियो । 

कार्यक्रमको उद्देश्य माथि मंचका सचिव रामेश्वर कोइरीले प्रकाश पार्नु भएको थियो। यसैगरी मंचले हरपुर गाविरको मत्रिका जयसवालको नेतृत्वमा एघार सदस्यीय त्यस्तै रमपुरवा गाविसको सुनिल पटवा को नेतृत्वमा एघार सदस्यीय कमिटी समेत गठन गरेको छ । हाल मधेस युवा उत्थान विकास मंच जिल्लाका विभिन्न ठाउमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु