२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

स्थानिय निकाय निर्धारणमा ढिलाई भएको भन्दै गुल्मीका पत्रकारहरुको चासो

१ आश्विन २०७३, शनिबार १५:२४

प्रेम सुनार | असोज १, गुल्मी । गुल्मीका राजनैतिक दलहरुले ढिलाई गरेको भन्दै यहाँका पत्रकारहरुले दलहरु संग चासो लिएका छन् ।  नेपाल पत्रकार महासंघ गुल्मीले आज दलहरुको धारण बुझेको छ । अन्य धेरै जिल्लाहरुमा दलहरुले सर्वसम्मत रुपमा स्थानिय निकाय निर्धारण गरेर आयोगमा पठाएको तर गुल्मी जिल्लामा दलहरु विच मत भिन्नता भएर ढिलाई भएको प्रति पत्रकारहरुले गुनासो गर्दै  आज सवै दलहरुलाई आमन्त्रण गरेर उनिहरुको धारण बुझेका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालले आयोगले निर्धारण गरेको ९ वटा स्थानिय निकाय भन्दा माथी बढाउन नमिल्ने भन्दै अडान लिएका छन्  भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा , नयाँशक्ती पार्टी राप्रपा नेपाल र नेपाल परिवार दलले स्थानिय निकाय बढाउनु पर्ने अडान लिएका छन् ।

कांग्रेस एमालेको अडानलाई माथी उल्लेखित  दल बाहेकका अन्य दलहरुले समर्थन गरिरहेका छन् ।  यि दुई विचको  अडानका कारण ढिलाई भएको स्थानिय निकाय निर्धारण सहयोग समितिका अध्यक्ष स्थानिय विकास अधिकारी डिलाराम पन्थीले बताए   । उनले आयोगले निर्धारण गरेको बढिमा ९ वटा भन्दा बढि बढाउन नमिल्ने जानकारी दिए ।  

स्थानिय निकाय १० देखि १५ वटा सम्म हुनु पर्छ भन्ने अडान लिएको माओवादी केन्द्र , राष्ट्रिय जनमोर्चा, राप्रपा नेपाल र परिवार दल  स्थानिय निकाय बढाएमा जनताले छोटो दुरीमा सरकारी सेवा पाउने र  दुर्गम स्थान सुगम हुने  अडानमा छन् । नेपाली कांग्रेस , नेकपा एमाले , नेकपा माले , राप्रपाले आयोगले तोकेको ९ वटा भन्दा बढि बनाउन नमिल्ने र बढि स्थानिय निकाय बनाएर आर्थिक भार थेक्ने पनि नसकीने अडानमा छन् । 

आज पत्रकारहरुले जनताको तर्फबाट एक प्रकारको दवाव आएको भन्दै दलहरुको ध्यानकृष्ट गराए पछि  आयोगले निर्धारण गरेको ९ वटा स्थानिय निकाय र अर्को विकल्पका रुपमा १० , वा १३ वटा सम्म स्थानिय निकायको पनि खाका बनाएर माथी पठाउने कुरामा दलहरु  सहमतीको नजिक पुग्न खोजे पनि एक चरण फेरी वसेर अन्तिम टुङ्गे दिने कुरामा लचिलो देखिएका छन् । 

छलफलमा सवै दलका प्रमुख , प्रतिनिधी र पत्रकारहरुको सहभागिता थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वतमान अध्यक्ष घनाश्याम भुसालले सहजकरण गरेका थिए भने सञ्चालन सचिव तारा भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव