११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेस युनियन कर्णालीको अधिवेशनमा माइक खोसाखोस

२१ पुष २०७९, बिहीबार ०७:५४

पुस २१, काठमाडौँ | नेपाल प्रेस युनियन कर्णाली प्रदेशको प्रथम अधिवेशन कार्यक्रममा संस्थापन पक्ष र इतर पक्षका नेताहरुबीच माइक खोसाखोस भएको छ । बिहीबार प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकोमा होटेलमा आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषयलाई लिएर दुई पक्षबची विवाद सृजना हुँदा माइक खोसाखोस भएको हो ।


संस्थापन इतर पक्षधरका पार्षदहरु धेरै भएको र आफना पार्षदहरुको नाम काटिएको संस्थापन पक्षधरको अरोप छ । यही विषयमा लिएर दुई पक्षधरबीच माइक खोसाखोस भएको अधिवेशनमा सहभागी एक पत्रकारले बताए । ‘संस्थापन इतरका साथीहरुले मनमौजी रुपमा पार्षदहरु हाल्ने, फाल्ने गरेको देखियो । त्यही कुरामा विवाद हुने क्रममा हुम्लाका एक प्रतिनिधिले माइक नै चुडाइँ दिएका छन्,’ उनले भने ।

कार्यक्रममा बिवाद हुँनुको प्रखुख कारण भने प्रमुख अतिथीको विषयलाई लिएको भएको कार्यक्रममा सहभागी अर्का पत्रकारले बताए । संस्थापन इतर पक्षले प्रमुख अतिथिका रुपमा कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई बोलाइएको थियो । तर संस्थापन पक्षले कुनै पनि प्रोटफोलियो नभएका रिजाललाई प्रमुख अतिथि बनाउँन नुहँने भन्दै दुई तीन दिन अगाडी देखि नै विरोध गर्दै आएको थियो।कर्णालीका मुख्यमन्त्रीसमेत रहेका काँग्रेस कार्यसम्पादन समितीका सदस्य जीवन बहादुर शाहीलाई नै प्रमुख अतिथि बनाउँनु पर्ने संस्थापन पक्षको अडान थियो। तर संस्थापन इतरले त्यसो नगरेपछि पार्षदको विषयलाई उचालेर विवाद सृजना भएको सहभागीहरुले बताएका छन् । कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता हृदयराम थानीलगायत सहभागिता थियो । उनीहरुकै अगाडि दुई पक्षबीच माइक खोसाखोस भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह