2026-06-16 10:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसले लिङ्देनलाई भन्दा पहिले रविलाई पनि प्रधानमन्त्रीको अफर गरेको थियो !

पुस २२, काठमाडौँ | नेपाली काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढाल्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि प्रधानमन्त्रीको अफर गरेको खुलेको छ ।

शुक्रबार मात्रै काँग्रेसले वर्तमान सरकारलाई नै ढाल्ने हेतुले राष्ट्रिस प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको अफर गरेको समाचारहरु बाहिर आएका थिए । त्यस लगत्तै सरकारका उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पनि प्रधानमन्त्रीको कार्ड फालिएको बुझिएको छ ।


स्रोतका अनुसार काँग्रेसले लिङ्देनलाई भन्दा पहिले लामिछानेलाई सत्ता गठबन्धन छोडेर आए प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव गएको थियो ।

तर जवाफमा लामिछानेले आफू  गृहमन्त्रीसहित उपप्रधानमन्त्री बनिसकेकाले अब  नैतिक रुपमा प्रस्ताव स्वीकार गर्न नसक्ने जावाफ दिएको बताइएको छ ।

आफू मन्त्री भइसकेकाले यही सरकारलाई निरन्तरता दिने लामिछानेले बताएको स्रोतको भनाइ छ ।

पार्टीले भर्खरै जन्मिदै गरेको अवस्थामा सत्ताको लागि कुनै प्रकारको नैतिकताविहीनको राजनीति नगर्ने भन्दै लामिछानेले अस्वीकार गरेको बताइएको छ।

काँग्रेससँग समझदारी हुन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेसहितको ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका छन् । उनले यही पुस २६ गते विश्वासको मत लिँदैछन् ।

काँग्रेसले प्रभण्डलाई विश्वासको मत प्राप्त गर्नबाट बञ्चित गराउन गठबन्धनका दलहरुलाई विभिन्न पदको प्रलोभव देखाउँदै आफ्नो पक्षमा तान्ने प्रयत्नमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ