१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तातोपानी नाका पूर्ववत् सञ्चालनमा ल्याउन आग्रह

२३ पुष २०७९, शनिबार ०३:३१

पुस २३, सिन्धुपाल्चोक | तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन नेकपा (एमाले) सिन्धुपाल्चोकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत्रूपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो । चीनसँगको ऐतिहासिक नाका जोडिएको सिन्धुपाल्चोकको तातापानी नाका २०७२ सालको भूकम्पपछि पटकपटक बन्द हुँदै आएको छ ।

शुक्रबार एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नेतृत्वमा अर्थमन्त्रालय पुग्नुभएका पोलिटब्यूरो सदस्य अरुण नेपाल, एमाले केन्द्रीय सदस्य सरेस नेपाल, जिल्ला अध्यक्ष कमल नेपाललगायतले अर्थमन्त्रीलाई तातोपानी नाका खुलाउन आग्रह गर्नुभएको हो । 

उहाँहरूले अरनिको राजमार्गको जुरे–कोदारी खण्डको सडक र पुल पुनःनिर्माणको आवश्यक अध्ययनसहितको बजेटसमेत माग गर्नुभएको छ । “पछिल्लो समय यस भन्सार नाकामा सुविधा सम्पन्न ड्राइपोर्टसमेतको पूर्वाधार उपलब्ध छ । प्रभावकारी ढङ्गबाट सुचारु हुन सकेको छैन”, ध्यानाकर्षण पत्रमा उल्लेख छ, “भूकम्पले बन्द नाका र कोरोना महामारीको कारण थलिएको व्यापारिक क्षेत्रका व्यवसायीको आर्थिक पुनःभरणका विशेष कार्यक्रम अघि बढाइयोस् ।” अर्थमन्त्रीले आफू यसमा सकारात्मक रहेको र  पहल जारी रहने बताउनु भएको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताउनुभयो ।

विद्यालयहरुले स्रोत साधनको समस्या झेल्नुपर्दैन 

सांसद माधव सापकोटाले स्रोत, साधन र जनशक्तिका कारण जिल्लाका विद्यालयले समस्या झेल्नु नपर्ने बताउनुभएको छ । शुक्रबार जिल्लाको जुगल गाउँपालिका–५ स्थित रत्नराज्य माध्यमिक विद्यालयले  गाउँपालिकाभित्रको समग्र शैक्षिक सुधार एवं गुणस्तरीय शिक्षाका लागि आयोजना गरेको अन्तक्र्रियामा सांसद सापकोटाले विद्यालयलाई साधन स्रोतको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले कार्यक्रम आयोजक रत्नराज्य माविलाई जुगल गाउँपालिकाको केन्द्रीय विद्यालयका रुपमा विकास गर्न प्रस्ताव गर्नुभयो । “प्रविधि र व्यवस्थापन पक्षमा सुधार गरेर शिक्षामा गुणस्तर ल्याउन सकिन्छ”, उहाँले भन्नुभयो  । यसैबीच रत्नराज्य मावि चनौटे र काठमाडौंस्थित स्लिङ्टन कलेजबीच प्राविधिक र व्यवस्थापकीय सहकार्य गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन