२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेस बैठकमा ओली भाषणको चर्चा

२०७९, २६ पुष मंगलवार ०६:२४

पुस २६, काठमाडौँ | पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे दुई धारमा बाँडिएको नेपाली कांग्रेसले सोमबार नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गरेको भाषणको विषयवस्तुलाई गम्भीर रूपमा लिएको छ। सोमबार संसदमा सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री हुँदा दुई पटक गरेको संसद विघटनको प्रतिरक्षा गरेका थिए।

उनले भनेका थिए- प्रतिनिधि सभा भंग हुनु प्रतिगमन होइन। संसदबाट सरकार बन्नु  र संसदबाट सरकार ढल्नु प्रतिगमन होइन। अन्यत्र लगेर षड्यन्त्रबाट सरकार ढाल्नु प्रतिगमन हो।

सर्वोच्च अदालतले ओलीले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै दुई पटक पुनर्स्थापित गरिदिएको थियो। उक्त संसदको कार्यकाल सकिएर नयाँ प्रतिनिधि सभा आइसकेपछि ओलीले पहिलो दिनमै गरेको उक्त भाषणले आफूलाई गम्भीर बनाएको कांग्रेस महामन्त्री गगन थापाले सोमबार नै बताएका थिए।


थापाले भनेका थिए- पूर्वप्रधानमन्त्री ओलीले हालको प्रधानमन्त्रीलाई एउटा अवस्थामा भने बडो अप्ठेरोमा पारेको मैले याद गरें।  प्रतिनिधि सभा विघटन गरेको कुरा सोह्रै आना सत्य थियो, त्यो जनताको पक्षमा थियो र त्यसलाई प्रतिगामी भन्नेहहरू नै प्रतिगामी हुन् भन्दै गर्दा हालका प्रधानमन्त्री टेबल ठोकौं कि नठोकौं भनेर अलमलमा परेको देख्दा मलाई अलिकति सहानुभूति लाग्यो। यो हेर्दा सामान्य अलमल देखिएता पनि यसलाई मैले सामान्य अलमल मानेको छैन। संसद विघटनको मुद्दा पहिला प्रचण्ड र ओली विग्रहको कारण बनेको उल्लेख गर्दै थापाले यही विषय फेरि बिजारोपण भएको बताए। 

‘यो विषयको हल नगरीकन, यो विषयबारे एकपटक पनि छलफल नगरीकन, सामान्य समीक्षा पनि नगरीकन दुइटा पार्टी जोडिएका छन्,’ थापाले भने,‘यो विषय नै फेरि उहाँहरूबीच विग्रहको कारण बन्छ,’ थापाले भने,‘किनकी यो विषय हेर्दा सामान्य देखिए पनि नेपालको संविधानलाई कसरी लिने, संवैधानिक व्यवस्थालाई कसरी लिने भन्ने मूलभूत विषय हुन्। यी विषयहरू केही पनि होइनन् भने अघिल्लो पटक संसद कसरी विघटन भयो? यसको उत्तर के हो?’ 

ओलीले गरेको उक्त भाषणको चर्चा मंगलबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकमा पनि भयो।

कांग्रेसका एक पदाधिकारीले दिएको जानकारीअनुसार सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा गरेको सम्बोधनका केही विषयले कांग्रेसलाई झस्काएको छ।

ओलीले संसद विघटन गर्नु प्रतिगमन नभएको बताएका थिए। ओलीको यो कुराबारे धुम्बाराहीमा सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भएको भेटवार्तामा पनि प्रसंग उप्किएको थियो।

‘केपी ओलीले संसदमा उभिएर जे बोल्नुभयो, त्यो कुरालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,’ ती नेताले भने, ‘ओलीले प्रतिनिधि सभामा उभिएर संसद विघटनलाई सही ठहर्‍याउने गरी बोल्नुभयो। जब कि नेपालको सर्वोच्च अदालतले दुई पटक नै संसद विघटन गलत भनिसकेको हो।’

ओलीले बोलेका विषयबारे प्रधानमन्त्री प्रचण्डको धारणा पनि आफूहरूले सुन्न चाहेको ती नेता बताउँछन्।

‘केपी ओलीले बोलेको कुरालाई कांग्रेसले एकमतले गम्भीरतापूर्वक लिएको छ। ओलीले आफू उच्चस्तरीय समिति संयोजक पनि भन्नुभयो,’ ती नेताले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन