2026-06-16 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद सुरू भएको दुई दिनमै किन उठ्यो विघटनको बहस ?

पुस २६, काठमाडौँ | संसदको पहिलो र दोस्रो बैठकमै संसद विघटनको बहसले प्रमुखता पायो । यो बहसमा सामेल भए दुई ठूला दल कांग्रेस र एमाले । कांग्रेस सभापति शेरबहादुर देउवाले अघिल्लो प्रतिनिधिसभा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीले विघटन गरेको स्मरण गराए । एमाले अध्यक्ष ओलीले उनै देउवालाई गुरु मानेर विघटन गर्दा प्रतिगमन भनेको भन्दै कटाक्ष गरे ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने घोषणा गर्दै देउवाले ओलीलाई आज संसदमा भने, ‘प्रतिनिधिसभाको हिजो बैठकमा एमाले अध्यक्ष वर्तमान सत्तासिन नेताको सम्बोधनप्रति गम्भीर ध्यानाकर्षण भएको छ । उहाँले फेरि पनि संसद विघटन गर्न सकिने कुरा जोडदारसँग उठाउनु भएको छ । संविधानको पालना र रक्षाका लगि हिजोका दिनमा वर्तमान प्रधानमन्त्रीसहित हामी एक ठाउँमा उभिएका थियौं । सर्वोच्च अदालतले पनि संविधानको व्यवस्था अनुरुप संसद पुनस्थापिना गरेको थियो । आज फेरि वर्तमान सत्ता गठबन्धनको प्रमुख घटकले तीनै संवैधानिक व्यवस्थालाई चुनौती दिएको अवस्थामा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रासामू आएको छ ।’


यसको जवाफ दिने क्रममा ओलीले देउवालाई आफ्नो इतिहास सम्झाए । ०४८ को चुनावमा बहुमत पाए पनि कांग्रेसले ०५० मा संसद विघटन गरेको, अनि ०५६ मा बहुमत पाए पनि ०५९ मा संसद विघटन गरेको थियो कांग्रेसले । त्यस बेला ०४७ को संविधानले विघटनको अधिकार बहुमत प्राप्त प्रधानमन्त्रीलाई दिएको पनि थियो । हालको संविधानमा भने प्रधानमन्त्रीलाई यो अख्तियार छैन ।

यति हुँदाहुँदै पनि ओलीले देउवालाई नै गुरु थापेर विघटन गर्दा पनि जस नपाएको व्यंग्य गरे । उनले हिजो सोमबार पनि आफ्नो विघटन निर्णय सही भएको भन्दै देउवा तथा प्रचण्ड दुवैलाई परोक्ष सन्देश दिएका थिए ।

‘गुरुजी, २०५८ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन ?’ उनले भने, ‘मेरा मित्रलाई म सोध्न चाहन्छु, यहाँले होइन संसद विघटन गरेको ? मितिमा भने ओली चिप्लिएका छन् । देउवाले ०५९ जेठ ८ मा विघटन गरेका थिए ।

ओलीले देउवालाई घोचपेच गर्दैगर्दा प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहज देखिँदैनन् । विघटन असंवैधानिक थियो भन्ने तर्कमा ताली बजाउँ भने देउवाको गठबन्धन छाडेर ओलीकोमा उनी पुगेको नयाँ यथार्थ छ । ताली नबजाउँ भने विघटनलाई कारण देखाउँदै विगतमा उनै देउवासँग मिलेर ओली सरकार ढालेको, अनि नयाँ गठबन्धन बनाएर देउवालाई प्रधानमन्त्री मानेको निकट इतिहास छ ।

ओली बोलेपछि राेष्ट्रम पुगेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संविधानको प्रावधान लत्याउँदै विघटन गरे पनि आफ्नो कदमको पक्षमा ‘गर्जिएकामा अचम्म मानेको’ टिप्पणी गरे । उनले पहिलेको व्यवस्था जे भए पनि अहिलेको संविधानले त्यस्तो सुविधा नदिने भन्दै ओलीलाई साबधान गराए ।

नेपालको टिप्पणीका बीच संसदमा सबैभन्दा बढी सिट भएका दुई दलका प्रमुख नै पहिलो र दोस्रो दिनको भाषणबाजीमा लागेको दृश्य भने सहज देखिँदैन । अघिल्लो संसदमा प्रधानमन्त्री बनेका ओलीलाई दुई तिहाई बहुमत प्राप्त थियो । तर संसद दुईपल्ट विघटन भयो ।

यसपल्ट प्रधानमन्त्री प्रचण्डले झन्डै सर्वसम्मति जुटाएका छन् । तै पनि कसैको साथमा बहुमत नदेखिएकाले अगाडिका दिनहरुबारे अनेक सन्देहहरु जन्मिएका छन् । ती सन्देहहरुलाई हिजो र आज संसदमा भएका विघटन-बहसले पुट दिएका छन् । उसमाथि ठूला दुई दलका शीर्ष नेता नै यसमा सामेल हुनुले अगाडिको परिस्थिति सहज छैन भन्ने देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ