२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनबाट गृहमन्त्री लामिछानेको अर्को कडा निर्देशन

२०७९, २८ पुष बिहीबार ११:२३

पुस २८, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिहिबार बिहान चितवन पुगेका छन् । गृहमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चितवन पुगेका लामिछाने त्यहाँ झण्ठै आधा दर्जन कार्यक्रममा सहभागिता जनाइरहेका छन् ।

काठमाडौं विमानस्थलमै बुद्ध एयरको बसमा सर्वसाधारणसंगै विमानसम्म पुगेका गृहमन्त्री लामिछानेले भरतपुर विमानस्थलमा पनि भिआईपी सुविधा लिन मानेनन् । उनी विमानबाट ओर्लिएपछि भिआईपी कक्षको प्रयोग नगरी सर्वसाधारण निस्किने मार्गबाटै बाहिर निस्किएका थिए ।


विमानस्थलकै पार्किङ क्षेत्रमा पत्रकार सम्मेलन आयोजना गरेर लामिछानेले आफू चितवनबाट निर्वाचित भइसकेपछि निर्वाचन क्षेत्रमा गरेको कामको प्रगतिबारे जानकारी गराएका थिए ।

पत्रकार सम्मेलनको क्रममा आफूलाई अत्यावश्क नभइ भिआईपी सुरक्षा नचाइने बताउँदै उनले नेपालका सबै जनताले आपत परेका बेला सम्पर्क गर्नका लागि हटलाइनको व्यवस्था गर्न लागेको बताए ।

त्यसक्रममा लामिछानेले अवैध रुपमा कुनै पनि क्रसर उद्योग सञ्चालन हुन नपाउने भन्दै मापदण्ड पुरा गर्न समस्या भए त्यसमाथि छलफल हुने बताए ।

यसैबीच, चितवनबाटै गृहमन्त्री लामिछानेले अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु तथा चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

चितवनका कुखुरापालक व्यवसायीहरुसँगको छलफलका क्रममा व्यवसायीहरुले गृहमन्त्रीसंग भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारण स्वदेशी व्यावसायी मर्कामा परेको गुनासो गरेका थिए ।

छलफलकै क्रममा गृहमन्त्री लामिछानेले बाँके, सिन्धुली तथा सर्लाहीका सुरक्षा अधिकारीहरुलाई फोन गर्दै अवैध आयात रोक्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन