2026-06-17 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेशम चौधरीलाई तत्काल रिहा गर्न कांग्रेस सांसदको माग

पुस २९, काठमाडौं | नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री जितेन्द्रनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलगायतलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले टीकापुर घटना राजनीतिक घटना भएकाले रेशमलगायतका बन्दीलाई तत्काल रिहा गरेर सरकारले न्याय दिनुपर्ने तर्क गरे। उनले मुलुकको राजनीतिक आन्दोलनमा धेरै मान्छे मारिए पनि उनीहरूले न्याय पाएको, तर टीकापुर घटनामा परेकाहरूले न्याय नपाएको भन्दै आक्रोश व्यक्त गरे।

‘यो मुलुकमा धेरै ठुल्ठूला आन्दोलन भए । ठुल्ठूला आन्दोलनको नेतृत्व कहिले नेपाली कांग्रेसले गर्‍याे, कहिले माओवादीले गर्‍याे । यो देशमा मधेस आन्दोलन भयो । यो देशमा थारू आन्दोलन भयो । यो देशमा पहिचानका आन्दोलन भए । यो देशमा समानताका आन्दोलन भए । हरेक आन्दोलनहरुमा मान्छेहरु मारिएका छन । स्वतस्फूर्त आन्दोलनमा मान्छे मारिएका छन । तर, हरेक वेलामा यहाँ न्याय भएको छ । राजनीतिक आन्दोलनलाई आपराधिक आन्दोलन भनिएन । त्यसकारण कैलालीमा थारूहरूले गरेको आन्दोलन राजनीतिक आन्दोलन थियो । अन्याय भएको छ–रेशम चौधरीमाथि । अन्याय भएको छ थारूहरूमाथि । त्यसलाई करेक्सन गर्नुपर्दछ भनेर म माग गर्न चाहन्छु,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ