2026-06-17 03:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खर्च जुटाउन भन्दै ट्वीटरले बेच्दैछ कार्यालयका सामान

माघ ६, काठमाडौँ | माइक्रो ब्लगिङ साइट ट्वीटर पछिल्लो समय थप चर्चाको विषय बनिरहेको छ । एलन मस्कले ट्वीटर खरिद गरेर नेतृत्व लिएसँगै उनले गर्ने विभिन्न कडा तथा अनौठा निर्णयले सबैलाई आश्चर्यमा पारिदिने गरेको छ ।

तर ट्वीटरको बारेमा पछिल्लोपटक जुन खबर सार्वजनिक भएको छ, त्यो अनौठो मात्र होइन अप्रत्यासित छ । यसले ट्वीटरको सुखद भविष्यको संकेत गरेको छैन । समाचारअनुसार ट्वीटरले आफ्नो खर्च चलाउन भन्दै कार्यालयमा प्रयोग भइरहेका विभिन्न सामान बिक्री गरिरहेको छ ।

कार्यालयमा महंगा मेसिनरी सामानदेखि फर्निचर लगायतका धेरै सामान ट्वीटरले सेलमा राखेको छ । त्यस्ता सामानको बिक्रीबाट प्राप्त रकमलाई उसले कम्पनीको आम्दानीको रुपमा राख्नेछ ।


जनवरी १७ र १८ मा क्यालिफोर्नियास्थित ट्वीटरको मुख्यालयमा भएको लिलामीका क्रममा कम्पनीले कार्यालयमा प्रयोग भएका ६०० भन्दा बढी पुराना सामान बेचेको छ । अनौठो त के भने ती सामान निकै महंगो मूल्यमा खरिद गरिएको थियो तर लिलामीका क्रममा भने ती सामानको मूल्य २५ देखि ५० डलरसम्म राखिएको थियो ।

यो निकै कम मूल्य हो र लिलामी राखिएका सामानको वास्तविक मूल्यको तुलनामा केही पनि होइन । त्यसैले सस्तो मूल्यमा आफ्ना महंगा सामान बेच्ने ट्वीटरको कदमप्रति मानिसले आश्चर्य प्रकट गरिरहेका छन् ।

समाचारअनुसार ट्वीटर मुख्यालयमा भएको लिलामीका क्रममा किचेनमा प्रयोग हुने मेसिनरीदेखि लिएर फर्निचर र कम्पनीको लोगो गरी ६३४ प्रकारका सामान बिक्रीमा राखिएको थियो । निकै सस्तो मूल्यमा गुणस्तरीय सामान पाएसँगै मानिसहरुले तत्कालै ती सामान खरीद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ