३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अनेरास्ववियु कपिलवस्तुको २४ औँ सम्मेलन कार्तिकमा हुने

३ आश्विन २०७३, सोमबार १३:२०

असोज ३, कपिलवस्तु । अनेरास्ववियु कपिलवस्तुको २४ औ जिल्ला सम्मेलन यहि कार्तिक २६ र २७ गते गोरुसिंगेमा हुने भएको छ । सम्मेलन सम्पन्न गर्नको लागी जिल्ला कमिटी अध्यक्ष विकास आचार्यको संयोजकत्वमा २९ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।

जिल्लाको सिद्धार्थ क्याम्पस बुङचीमा आज बसेको नवौ जिल्ला कमिटीको पूर्ण बैठकले २४ औ सम्मेलन गर्ने निणर्य गरेको हो । बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले सम्मेलन भव्यताको साथ सम्पन्न गर्न हरेक विद्यालयमा पुगी संगठन निर्माण गर्न निर्देशन दिनुभयो । अध्यक्ष पोख्रेलले एमालेको ठूलो जनवर्गिय संगठन अखिलको आगामी नेतृत्व सर्वसम्मत बनाउन पनि सबैमा आव्हान गर्नु भयो ।

बैठकमा एमाले प्रदेश नं ५ का सदस्य तथा सासंद बलराम अधिकारीले एकता बद्ध तरिकाबाट अनेरास्ववियुको जिल्ला सम्मेलन सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो । आगामी फाल्गुणमा हुने स्ववियु निर्वाचनमा खट्न पनि सासंद अधिकारी सबैमा आग्रह गर्नुभयो । उक्त बैठकमा एमाले जिल्ला उपाध्यक्ष तथा मोर्चा इन्चार्ज बाबुराम खनालले विद्यार्थीको गौरवशाली संगठन अनेरास्ववियुलाई कपिलवस्तुमा संगठन विस्तार मार्फत फैलाउनु पर्नेमा जोड दिनुभयो ।

साथै अनेरास्वयिुका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टुकलाल गैरेले सबैको सहकार्यबाट जिल्ला सम्मेलन सम्पन्न हुने भन्दै काममा खटिन आग्रह गर्नुभयो । जिल्ला इन्चार्ज गैरेले अनेरास्वयिुको केन्द्रिय कमिटीले जारी गरेका केहि निर्णयको बारेमा पनि बैठकमा जानकारी गराउनुभएको थियो ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष बिकास आचार्यको अध्यक्षता र सचिव प्रकाश गौतमको सञ्चालनमा भएको बैठकले विभिन्न निर्णय गरेको छ । जिल्ला सम्मेलन सम्पन्न गर्नका लागी म्याद पुगेका सबै मावि, उच्च मावि, क्याम्पस, नगर र क्षेत्रिय सम्मेलनको अधिवेशन तत्कालै गर्ने निर्णय गरेको अनेरास्ववियु जिल्ला प्रचार विभाग प्रमुख डि.ए. आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही