२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अनेरास्ववियु कपिलवस्तुको २४ औँ सम्मेलन कार्तिकमा हुने

२०७३, ३ आश्विन सोमबार १३:२०

असोज ३, कपिलवस्तु । अनेरास्ववियु कपिलवस्तुको २४ औ जिल्ला सम्मेलन यहि कार्तिक २६ र २७ गते गोरुसिंगेमा हुने भएको छ । सम्मेलन सम्पन्न गर्नको लागी जिल्ला कमिटी अध्यक्ष विकास आचार्यको संयोजकत्वमा २९ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।

जिल्लाको सिद्धार्थ क्याम्पस बुङचीमा आज बसेको नवौ जिल्ला कमिटीको पूर्ण बैठकले २४ औ सम्मेलन गर्ने निणर्य गरेको हो । बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले सम्मेलन भव्यताको साथ सम्पन्न गर्न हरेक विद्यालयमा पुगी संगठन निर्माण गर्न निर्देशन दिनुभयो । अध्यक्ष पोख्रेलले एमालेको ठूलो जनवर्गिय संगठन अखिलको आगामी नेतृत्व सर्वसम्मत बनाउन पनि सबैमा आव्हान गर्नु भयो ।

बैठकमा एमाले प्रदेश नं ५ का सदस्य तथा सासंद बलराम अधिकारीले एकता बद्ध तरिकाबाट अनेरास्ववियुको जिल्ला सम्मेलन सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो । आगामी फाल्गुणमा हुने स्ववियु निर्वाचनमा खट्न पनि सासंद अधिकारी सबैमा आग्रह गर्नुभयो । उक्त बैठकमा एमाले जिल्ला उपाध्यक्ष तथा मोर्चा इन्चार्ज बाबुराम खनालले विद्यार्थीको गौरवशाली संगठन अनेरास्ववियुलाई कपिलवस्तुमा संगठन विस्तार मार्फत फैलाउनु पर्नेमा जोड दिनुभयो ।

साथै अनेरास्वयिुका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टुकलाल गैरेले सबैको सहकार्यबाट जिल्ला सम्मेलन सम्पन्न हुने भन्दै काममा खटिन आग्रह गर्नुभयो । जिल्ला इन्चार्ज गैरेले अनेरास्वयिुको केन्द्रिय कमिटीले जारी गरेका केहि निर्णयको बारेमा पनि बैठकमा जानकारी गराउनुभएको थियो ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष बिकास आचार्यको अध्यक्षता र सचिव प्रकाश गौतमको सञ्चालनमा भएको बैठकले विभिन्न निर्णय गरेको छ । जिल्ला सम्मेलन सम्पन्न गर्नका लागी म्याद पुगेका सबै मावि, उच्च मावि, क्याम्पस, नगर र क्षेत्रिय सम्मेलनको अधिवेशन तत्कालै गर्ने निर्णय गरेको अनेरास्ववियु जिल्ला प्रचार विभाग प्रमुख डि.ए. आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु