2026-06-17 06:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिको सवारीमा घण्टौँ जाम भएकोबारे संसदमा प्रधानमन्त्रीको जवाफ माग

फागुन ३, काठमाडौँ | राष्ट्रपति विद्या माघ २७ गते संघीय संसदमा सम्बोधन गर्न आउँदा सर्वसाधारणलाई सास्ती दिनेगरी काठमाडौंमा ट्राफिक जाम भएको सम्बन्धमा प्रेम सुवालले सदनमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शुरुमै सभामुखसँग समय लिएर नेमकिपा सांसद प्रेम सुवालले राष्ट्रपतिको यात्रा सडक जाम नहुनेगरी गर्न नसकेको बारे गृहमन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्रीलाई संसदमा जवाफ दिने व्यवस्था गर्न माग गरेका हुन्। 

‘राष्ट्रपतिको भ्रमणमा शीतलनिवासदेखि बानेश्वर आउँदा भएको सवारी जामका कारण म आफै २ घण्टा फसेँ, राष्ट्रपतिको यात्रा सडक जाम नहुने गरी गृहमन्त्रीको जिम्मेवारी लिन प्रधानमन्त्रीले किन गर्न सक्नुभएन ? यसबारे प्रधानमन्त्रीलाई संसदमा बोल्न दिन जरुरी छ’, सांसद सुवालले भने । 

उनले फागुन १ को बिदाप्रति पनि असहमति जनाउँदै प्रश्न गरे, ‘जनयुद्ध दिवसको उपलब्धि के हो ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ