२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपालबाट ६ महिनामा १९१ जना विदेशी निष्काशित

२०७९, ७ फाल्गुन आईतवार ०७:३९

फागुन ७, काठमाडौँ । नेपालबाट ६ महिनाको अवधिमा १९१ जना विदेशी नागरिक निष्काशनमा परेका छन् । ७ अध्यागमन विभागका अनुसार ३९ वटा मुलुकका ती नागरिक नेपालबाट निष्काशनमा परेका हुन् ।

नेपालमा आपराधिक क्रियाकलापमा संलग्न भएका, कारवाहीमा परेका, भिसा अवधि समाप्त भएका लगायत विदेशीहरु निष्काशनमा परेका हुन् । निष्काशनमा पर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन् । यस अवधिमा ८५ जना चिनियाँ नागरिक निष्काशनमा परेका छन् । दोस्रो स्थानमा अमेरिकी र बेलायती नागरिक छन् ।

नेपालबाट १२/१२ जना बेलायती र अमेरिकी नागरिक यस अवधिमा निष्काशनमा परेको विभागको तथ्यांक छ । युक्रेन र रसियाका १/१ जना नागरिक समेत नेपालबाट निष्काशनमा परेको विभागको तथ्यांक छ । पाकिस्तानका १०, उज्जेकिस्तानका ९, कोरिया र श्रीलंकाका ६/६ जना नागरिक निष्काशनमा परेको विभागले जनाएको छ ।

बंगलादेश, अष्ट्रेलिया, फ्रान्सका ४/४ जनालाई नेपालबाट निष्काशित गरिएको छ । यस अवधिमा रोमानिया, फिलिपिन्स, म्यानमार, नर्वे, केन्या, इटाली, इजरायल, इरान, इण्डोनेसिया, ग्वाटेमाला, कोलम्बिया, ब्राजिल, भुटानसहितका नागरिक निष्काशनमा परेको विभागको आंकडामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो