2026-06-17 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एक सातामै तीन पटकसम्म किन बढ्यो कुखुराको मासुको मूल्य?

फागुन ७, काठमाडौँ । ब्रोइलर कुखुराको मासुको मूल्य महँगिन थालेको छ। गत पुसको अन्तिम सातादेखि जिउँदो कुखरा र मासुको खपतमा कमी आएर मूल्य घट्दै गएकोमा फेरि महँगो हुन थालेको हो।

माघ महिनामा स्वस्थानी ब्रतका कारण मासुको खपत कम हुने गर्छ। त्यसैले मूल्यमा पनि कमी आउँछ। तर, फागुन महिना सुरु भएपछि भने बजारमा कुखुराको मासुको मूल्य क्रमिक उकालो लाग्दै गएको छ।


राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार मासुको मूल्य एक सातामा तीन पटक वृद्धि भएको छ। संघका अनुसार हाल जिउँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ७० रुपैयाँ कायम भएको छ।

उपभोक्ता मूल्य प्रतिकेजी ३ सय ९० देखि ४ सय रुपैयाँसम्म पर्छ। यसअघि जिउँदो कुखुराको मूल्य घट्दै प्रतिकेजी २ सय ४० रुपैयाँ र तयारी मासुको मूल्य प्रतिकेजी ३ सय ५० रुपैयाँमा बिक्री भइहरेको थियो। जिउँदो कुखुराको मूल्य प्रतिकेजी १० रुपैयाँको दरले तीन पटक वृद्धि भएको हो।

तर, बढ्दो मूल्य हालको भन्दामाथि नजाने राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका सचिव देव गिरीको दाबी छ। हाल देशभर मासुको खपत साढे ५ लाख केजी भन्दा बढी छ। विवाहको सिजन तथा व्यावसायिक कार्यक्रमहरुले गर्दा मासुको खपत बढी हुन थालेको छ।

सचिव गिरीका अनुसार स्वदेशी उत्पादन कम रहेपनि भारतबाट तस्करी भएर आउने सस्ता कुखुराले बढिरहेको मूल्यलाई घटाउन मद्दत गर्छ।

किन बढ्न थाल्यो मूल्य?

बजारमा मासुको माग तथा खपत बढ्न थालेपछि यसको असर मूल्यमा परेको संघका सचिव गिरीको भनाइ छ। अहिले देशभित्र कुखुराको उत्पादन कम छ।

जाडो याममा मासुको खपत बढी हुने भएतापनि स्वस्थानी ब्रतकथा सुरु भएपछि भने मागमा कमी आउँदै जान्छ। उत्पादन धेरै र खपत कम हुँदा कुखुरापालक किसान तथा व्यवसायीहरुले मूल्य घटाएर बिक्री गर्दै आएका थिए। यतिबेला उत्पादन कम र खपत बढी हुँदा मूल्य बिस्तारै बढ्दै गएको उनले बताए।

बजार मूल्य राम्रो नपाउँदा किसानहरु यस व्यवसायबाट पलायन हुन थालेका छन्। यो वर्ष आर्थिक मन्दीको असर र दानाको मूल्य बढ्दै गएको छ। यसले गर्दा पनि कुखुरा पालक किसान तथा व्यावसायिक फार्महरुले कम परिमाणमा चल्ला हालेका छन्। चल्ला हालेर कुखुरा बजारमा पठाउने समयमा मूल्य घट्छ।

‘लागत खर्च अनुसारको बिक्री मूल्य नपाउँदा हरेक वर्ष उत्पादन घट्दै गएको छ,’ सचिव गिरीले भने।

आन्तरिक उत्पादन कम भएपनि नेपालमा भारतीय कुखुरा र मासु ठूलो परिमाणमा तस्करी भएर आउने गरेको उनको भनाइ छ। यसले गर्दा पनि स्वदेशी किसानहरुले बजारमा मूल्य घटाएर बिक्री गर्नुपर्ने बाध्यता हुन्छ। भारतमा हाल प्रतिकेजी एक सय रुपैयाँमै जिउँदो कुखुरा पाइने भएकाले नेपालतर्फ तस्करी बढिरहेको छ।

‘पहिले कुखुरा मात्र तस्करी भएर आउने गरेको थियो। अहिले बोनलेस मासुहरुसमेत आउने गरेको छ,’ संघका सचिव गिरीले बताए।

बजारमा जिउँदो कुखुरा र मासुको मूल्य बढिरहेको बेला भारतबाट उल्लेख्य रुपमा कुखुरा र मासु ठूलो परिमाणमा आउँदा स्वदेशी कुखुराको मूल्य घट्छ। उपभोक्तालाई सस्तो पर्ने भएपनि तस्करीका कारण स्वदेशी उत्पादनको उचित मूल्य नपाउने भएकाले पनि कुखुरा पालनतर्फ किसानहरु आकर्षित हुन नसकेको राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ