2026-06-17 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पूर्वराजा ज्ञानेन्द्रले किन देखे पुनरुत्थानको सपना ?

फागुन ७, काठमाडौँ । शनिबार प्रजातन्त्र दिवस कसरी मनाउने भन्ने विषयमा दलहरू र सरकारले तयारी गरिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाहको एक लामो सन्देश सार्वजनिक भयो । प्रजातन्त्र दिवसको शुभकामना दिन उनले जारी गरेको सन्देशमा शुभकामनाभन्दा धेरै वर्तमान नेपालको राजनीतिक प्रणालीमाथि आक्रोश पोखिएको थियो । 

१ फागुनमा झापाको दमकमा दुर्गा प्रसाईंलाई अगाडि सारेर ज्ञानेन्द्रले एक अभियानको उद्घाटन गरे । ६ फागुनमा काठमाडौंबाट शुभकामना सन्देश भन्दै आफ्नो राजनीतिक अभिलाषा प्रकट गरे । हिन्दु धर्मको आडमा राजसंस्था फर्काउने भन्दै प्रसाईंले पूर्वराजपरिवारका सदस्यलाई राखेर 'नागरिक बचाउ' नामको मेची–महाकाली अभियानको सुरु गरेका हुन् । उनको अभियानले इतिहास बनिसकेको राजतन्त्र फेरि फर्किन्छ भन्नेमा आममानिस वा राजनीतिक दलहरूलाई विश्वास नभए पनि ज्ञानेन्द्र स्वयम्‌लाई भने उत्साहित बनाएको शनिबार उनले जारी गरेको सन्देशबाट झल्किन्छ । 

शुभकामना सन्देशमा ज्ञानेन्द्रले भनेका छन्, ‘नेपालको अत्यधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो देशको परम्परा र संस्कार हो । शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरूमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौँ । तर, नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौँ ।’ 

उनले मौन रहन सक्दैनौँ भनेर गर्न खोजेको के हो ? स्पष्ट खुलाएका छैनन् । तर, हालैको चुनावबाट हौसिएको भने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आसलाग्दा नतिजाहरूबाट मुलुकको आगामी दिशाबारे आकलन गर्न सकिन्छ ।’

राजसंस्थाको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अपेक्षाकृतभन्दा राम्रो नतिजा ल्याएकोलाई उनले आसलाग्दो नतिजा भनेका हुन सक्छन् । वा अहिलेको भद्रगोल संसद्को गणितले पनि पुनरुत्थानवादीलाई परोक्ष सहयोग पुग्ने आशा उनले देखेका हुन सक्छन् । अहिलेको संसद्‌मा गणतन्त्र नमान्ने, संघीयता नमान्नेदेखि गणतन्त्र र संघीयताकै लागि भन्दै सशस्त्र हिंसा गरेका राजनीतिक दलहरू छन् । 

चुनावअघिको गठबन्धन भत्किएर नयाँ गठबन्धनको सरकार बनेको छ । त्यो गठबन्धनमा पनि सबै कुरा ठीक चलिरहेको छैन । अथवा अस्थिरताका पर्याप्त संकेतहरू देखिएका छन् । ज्ञानेन्द्रले यसैलाई पनि आशाका रूपमा हेरेका हुन सक्छन् । 

ज्ञानेन्द्रले बेलाबेला यस्ता सन्देशरू जारी गर्दै दलहरूप्रति आक्रोश पोख्दै आएका छन् । शनिबार उनले जारी गरेको सन्देशमा पनि आक्रोश पोखिएको छ । उनले भनेका छन्, ‘राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहोरिँदैतेहेरिँदै आए पनि वा फेरिँदै बदलिँदै गए पनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्रीसमृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिन्न । देश र जनताभन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जञ्जालमा राजनीतिक दलका धेरै नेताहरू फसेका छन् ।’ उनले लोकतान्त्रिक संघीय गणतन्त्रमाथि नै प्रश्न उठाएर घुमाउरो ढंगबाट राजतन्त्रको वकालत गरेका छन् । 

यसरी दलहरू र वर्तमान राजनीतिक प्रणालीमाथि आक्रोश पोखेका उनले राजनीतिक दलहरूसँग सहकार्यको पनि प्रस्ताव गरेका छन् । उनले भनेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्नु हुँदैन ।’ उनले यी राजनीतिक दलबाट फेरि राजतन्त्र फर्किने आशा देखेको उनको प्रस्तावले देखाउँछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ