२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

संबिधान र मधेश मुक्तिको सवाल विषयक अन्तरक्रिया सम्पन्न

२०७३, ४ आश्विन मंगलवार १२:११


असोज ४, वीरगंज । नेकपा माओवादी केन्द्रको आयोजनामा बीरगंजको बाल कल्याण गृहमा नेपालको संविद्यान २०७२ र मधेश मुक्तिको सवाल विषयक एक दिने अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न भएको छ  । 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पि.एल.श्रेष्ठको अध्यक्षतामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य छोटेलाल यादवले मधेश मुक्ति र मधेशीको विकासका लागि वर्तमान संविद्यान २०७२ उपयुक्त रहेको बताए । 

शोषित, उत्पिडितहरुको हक अधिकार संविद्यानले सुनिश्चित गरेको र कसैको पनि सबैको चित्त बुझने गरि  हक अधिकार स्थापना गराउन नसकिने भएकाले केही असन्तुष्टि आउनु स्वभाविक रहेको बताए  । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सिरोमणि सापकोटा, शेख चाँदतारा, निवर्तमान सेक्रेटरी शम्भुपाल, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव सन्तोषराज घिमिरे, अखिल क्रान्तिकारीका पर्सा जिल्ला ईन्र्चाज प्रभाकर गुप्ता, जिल्ला अध्यक्ष सुनिल रौनियार लगायतले आ–आफनो मन्तब्य राखेका थिए । 

त्यस्तै गरि प्रेस सेन्टर नेपाल २ नम्बर प्रदेशका सह–संयोजक दिपक गौतम, सदभावना पार्टीका केन्द्रीय महासचिव शिवपटेल,संघिया समाजवादी फोरमकी केन्द्रीय सदस्य करिमा बेगम, सदभावना पार्टी महिलाकी केन्द्रीय उपाध्यक्ष मुनि श्रीवास्तव,जिल्ला अध्यक्ष रेखा साह,लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रभु यादवले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु