२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपतिको आग्रह

२०७९, ९ फाल्गुन मंगलवार ०८:५२

फागुन ९, मकवानपुर | राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गर्नुभएको छ । 

यस कार्यका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय निकायहरु आपसमा समन्वय गरेर प्रभावकारी रुपमा अघि बढ्न पनि उहाँले आह्वान गर्नुभयो ।

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले सो आह्वान गर्नुभएको हो । 


राष्ट्रपति भण्डारीले उक्त प्रतिष्ठानलाई पनि स्वास्थ्य सेवालाई गुणस्तरीय, स्तरोन्नति र दक्ष जनशक्ति उत्पादनका लागि इमान्दारीपूर्वक कार्य क्षेत्रमा क्रियाशील हुन आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीले संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको उल्लेख गर्नुहुँदै स्वास्थ्य क्षेत्रका अनुसन्धानमूलक एवम् दक्ष जनशक्ति उत्पादन गर्ने कार्यलाई प्रदेश सरकार र स्थानीय निकायले आत्मसात् गरेर अघि बढ्न आह्वान गर्नुभयो । 

उहाँले विपन्न नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गरी उनीहरुलाई उपचार विधिमा विश्वस्त तुल्याउन मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नयाँ रणनीतिका साथ अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयोे ।

उहाँले विभिन्न समय र मौसममा हुने सङ्क्रमणबाट मुलुकका सबै नागरिकलाई जोगाउन अस्पताल तथा यहाँका स्वास्थ्य क्षेत्रका जनशक्तिले जनचेतना जगाउने काम गर्नुपर्ने पनि बताउनुभयो । समय समयमा देशका विभिन्न प्रदेशमा डेङ्गु र हैजा जस्ता रोगहरुको सङ्क्रमणले चुनौती थपिएकाले स्वास्थ्य क्षेत्रका विशेषज्ञहरु समयमै ती रोगहरुलाई नियन्त्रणमा ल्याउने काममा खटिनुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयो । 

राष्ट्रपति भण्डारीले बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित गरेर २०७६ असोज २ गते हेटौँडा अस्पतालाई सो प्रतिष्ठानअन्तर्गत ल्याएर सर्वसाधारण नागरिकहरुलाई तत्कालै स्वास्थ्य उपचार सेवालाई सुलभ बनाउने र दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन गर्ने कार्यमा लागेको भन्दै सो कार्य प्रशंसनीय रहेको बताउनुभयो । 

उक्त अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारले पहिलो कार्यकालमा नै मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७३ पारित गरेर प्रदेशको राजधानी हेटौँडाको जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सो प्रतिष्ठानको मातहतमा ल्याइएको उल्लेख गर्नुभयो । 

उहाँले प्रदेशका अस्पतालहरुलाई स्तरोन्नति गरी दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराइएको तथा बेलाबेलामा आइपर्ने कोभिड–१९, डेङ्गु रोगलाई नियन्त्रणमा लिन आवश्यक जनशक्ति र बजेट विनियोजन गरिएको पनि जानकारी गराउनुभयो । 

उक्त अवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको पुरानो जिल्ला अस्पताल हेटौँडालाई बिरामीको उपचार सेवाभन्दा बाहिर रिफर गर्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्नुहुँदै हेटौँडा अस्पताललाई अब भदन भण्डारी प्रतिष्ठानअन्तर्गत सञ्चालनमा ल्याइएपछि स्वास्थ्य सेवालाई भरपर्दो र तत्कालै गुणस्तरीय सेवा प्रदान गर्न प्रतिष्ठानले विभिन्न चरणमा आफ्नो प्रयास जारी राखेको बताउनुभयो । 

उहाँले अब निकट भविष्यमा सो अस्पतालबाटै मिर्गौलाको प्रत्यारोपण र मुटु रोगको शल्यक्रिया गर्ने प्रकृतिको उपचार सेवाका लागि प्रयास हुनुपर्नेमा पनि जोड दिनुभयो । 

सो अवसरमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले बागमती प्रदेशको राजधानी हेटौँडाको अस्पताललाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा रुपान्तरण गरेर प्रदेशका विभिन्न जिल्लाका बिरामीलाई तत्काल उपचार सेवा दिइने र सबै नागरिकलाई स्थानीय निकायको स्वास्थ्य क्षेत्रमा सहज पहुँच पु¥याउन प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र विभिन्न उपकरणहरु उपलब्ध गराइसकिएको पनि बताउनुभयो ।

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी र डिन दुर्गकुमारी मिश्रले सो प्रतिष्ठानले हेटौँडामा स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने, एमबिबिएस फार्मेसीलगायत अन्य विषयमा पनि उच्च शिक्षा अध्यापन गराउने उद्देश्यले हाल सो प्रतिष्ठानलाई आवश्यक पर्ने जग्गा उपलब्ध गराउन सङ्घीय सरकार र प्रदेश सरकारलाई अनुरोध गरी सम्बन्धित निकायमा पत्राचार भइरहेको बताउनुभयो ।

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज बिहान हेटौँडा आउनुभएको हो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो