2026-06-17 03:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुर्गा प्रसाईलाई पार्टीबाट निष्कासन गरिसक्यौं : एमाले सचिव

फागुन ९, काठमाडौं | नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई पार्टीबाट निश्कासन गरिसकिएको बताएका छन् ।

पार्टीको नीति र सिद्धान्त विपरीत प्रसाईले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विरुद्धमा आफूखुशी गतिविधि गरिरहेकाले पार्टीबाट निष्कासन गरेको बताए ।

पार्टीले सुरु गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत रुपन्देहीमा जिल्लास्तरीय प्रशिक्षणलाई सम्बोधनका क्रममा उनले प्रसाईलाई सोमबार पार्टीले निर्णय गरेर कारवाही गरेको जानकारी गराए ।


‘पार्टीको केन्द्रीय सदस्य रहेका एकजनाले पूर्वतिरबाट के के नामको अभियान चलाएका छन्, त्यो संविधानले व्यवस्था गरेका उपलब्धी र एमालेको नीति सिद्धान्त विपरीत छन्’, विश्वकर्माले भने, ‘त्यसैले हिजो (सोमबार) नै पार्टीले उनलाई निष्कासन गरेको छ ।’

उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताविरुद्ध उठाइएका आवाज र भ्रमको पछि नलाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । ‘भोलि के हुन्छ थाहा छैन तर अहिले पार्टीको नीति सिद्धान्त विपरीत संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विरुद्ध गतिविधि गर्ने छुट कसैलाई छैन यो कुरा सबै नेता कार्यकर्ताले हेक्का राख्नुहोला’, विश्वकर्माले भने ।

पार्टीभित्र विगतमा नेतृत्वको निर्णय र निर्देशन अवज्ञा गर्ने र विपक्षीलाई सहयोग पुग्ने गतिविधिहरु भएको उल्लेख गर्दै अब त्यस्तो छुट नहुने चेतावनी दिए ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य बैजनाथ चौधरीले स्थानीय तहका जनप्रतिनिधिहरु र नेताहरुबीच समन्वयको अभाव र असमझदारी बढेकोले यसलाई तत्काल समाधान गर्नुपर्ने बताए ।

उनले पार्टी नेता कार्यकर्तालाई वैचारिक खुराकको कमी भएको, शिक्षित र सक्षम युवा पुस्तालाई पार्टीमा जोड्न र नेतृत्वमा स्थापित गर्न नसकिएकाले यसतर्फ पार्टी नेतृत्व गम्भीर बन्नुपर्ने पनि औंल्याए ।

२ महिने अभियानमा पोलिटब्यूरो र केन्द्रीय कमिटीका ७ जना नेता १६ वटा पालिकामा खटिने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ