2026-06-17 03:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उमेर विवादपछि राजीनामा दिँदै डीआईजी अशोक सिंह

फागुन १०, काठमाडौं | डीआईजी अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन्। उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि त्यसअघि नै राजीनामा दिने तयारी गरेका सिंहको पारिवारिक स्रोतले जनाएको छ। राजीनामा दिनुअघि उनले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई जानकारी गराइसकेका छन्। त्यसअघि उनले कानुनी परामर्श समेत गरेका थिए। 

उनलाई राजीनामा दिँदा नै उचित हुने सल्लाह पछि बुधबार राजीनामा दिन लागेका हुन्। सिंहको जन्म मिति फरक फरक रहेको लगायतका आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।  अख्तियारले जन्म मितिबारे प्रहरी प्रधान कार्यालय र प्रहरी कितावखानामा सोधेको थियो। किताव खानाले बुधबार अशोक सिंहको जन्ममिति खुल्ने कागजात पठाउने तयारी गरेको छ। तर ती कागजात जानुअघि नै सिंह भने राजीनामा दिने तयारीमा लागेका हुन्।


जन्म मिति फरक परे पनि सिंहले जन्म मितिमा कीर्ते भने गरेका होइनन्। उनको नागरिकता २०४२ जेठ २२ गते जारी भएको थियो। नागरिकता प्रमाणपत्र जारी हुँदा उनी १८ वर्ष पूरा भएका थिए। तर नागरिकतामा वर्ष मात्रै उल्लेख भएका कारण उनको महिना र गते जारी भएको मिति नै कायम भएको हो।  २०५० मंसिरमा उनले आवेदन दिएका थिए। आवेदन दिँदा नै उनी २६ वर्ष पूरा भइसकेका थिए। तर उनको सिट रोलमा जन्म मिति २०२५ पुस १६ गते उल्लेख छ। 

यो जन्म मिति अनुसार भने उनी २५ वर्ष पुग्न एक महिना बाँकी थियो। प्रहरी नियमावली २०७१ मा जन्म मितिको बारेमा उल्लेख छ।  सिंहको नागरिकतामा १८ वर्ष उमेर पूरा भएको मात्रै उल्लेख भएकाले उनको जन्म मिति २०२४ जेठ २२ गते कायम भएको हो। तर अर्को प्रमाण पत्रमा पूरा जन्म मिति भएको अवस्थामा त्यसलाई आधार मान्ने उल्लेख छ। यस्तो अवस्थामा जन्म मितिको अन्तर एक वर्षभित्रको हुनु पर्नेछ। एक वर्षभन्दा बढीको उमेर अन्तर भएमा भने जुनमा उमेर बढी छ सोहीलाई आधार मान्ने उल्लेख छ। 

सिंहको नागरिकता अनुसार उनी डीआईजी बढुवा नै नहुनु पर्ने हो। एसपी र एसएसपीको उमेर हद ५५ वर्षे छ। एसएसपी हुँदै उनी ५६ वर्ष पुगिसकेका थिए। नागरिकता अनुसार जेठ २२ गते ५५ वर्ष पूरा भइसकेका सिंह गत असारमा डीआईजीमा बढुवा भएका थिए।  प्रहरी नियमावली अनुसार उनलाई बर्खास्त गर्न सक्ने भएकाले त्यसअघि नै सिंहले राजीनामा दिने तयारी गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।​

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ