२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यी तीन सांसदले राष्ट्रपति चुनावमा भोट हाल्न नपाउने !

२०७९, १० फाल्गुन बुधबार ०७:३९

फागुन १०, काठमाडौं | निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपति चुनावका लागि मतदाता नामावली सार्वजनिक गरेको छ।

संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० सांसद गरी कुल ८८१ सदस्यको मतदाता नामावली प्रकाशन गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  संविधानअनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेशसभा सदस्यहरूको निर्वाचक मण्डल रहने व्यवस्था छ। जसअनुसार राष्ट्रियसभाका ५९ जना र प्रतिनिधिसभाका ३३१ जना सांसदले चुनावमा भाग लिन पाउनेछन्।

प्रतिनिधिसभामा ३३४ जना सांसद भए पनि निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको मतदाता नामावलीमा प्रतिनिधिसभाका ३३१ जना मात्रै छन्। जसमा नागरिकता विवादका कारण पद गुमाएका चितवन २ बाट निर्वाचित रवि लामिछाने, मनाङबाट निर्वाचित भए पनि भ्रष्टाचार मुद्दा लागेका कारण निलम्बनमा रहेका टेकबहादुर गुरुङ र कैलाली २ बाट निर्वाचित अरुण चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन।

चौधरी १० वर्षमा पुरानाे फौजदारी मुद्दामा दोषी ठहर भइ कारागारमा रहेका कारण उनको नाम मतदाता नामावलीमा समावेश नगरिएको निर्वाचन आयोगले जनाएको छ। तर उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले प्रजातन्त्र दिवसका अवसरमा आममाफी दिइसकेकाले दावी विरोधमार्फत् उनको नाम पनि मतदाता नामावलीमा समावेश हुन सक्ने आयोगले जनाएको छ। त्यसका लागि चौधरीले आफू जेलमुक्त भएको पत्रसहित आयोगमा सूचना दिनुपर्नेछ।

प्रदेशसभातर्फ भने ५५० जनाकै नाम आयोगको सूचीमा समावेश गरिएको छ। संघीय संसद र प्रदेशसभा दुर्वतर्फ गरी ८८१ जनाले राष्ट्रपति चुनावमा भाग लिन पाउने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। मतदाता नामावलीमाथि शुक्रबार दिउँसो १२ देखि ३ बजेसम्म दाबी विरोध गर्न समय निर्धारण गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो