2026-06-17 03:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसद्मा एमाले सांसदको प्रश्न- नेपालको राष्ट्रपतिको नाम विदेशीले दिने, कस्ता दिन आए ?

फागुन १०, काठमाडौं | सत्तारुढ नेकपा एमाले सांसद रघुजी पन्तले नेपालमा राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा भारतीय विदेश सचिव आएको र एक पूर्वप्रध्यापकले नाम नै सिफारिश गरेकोप्रति आपत्ति जनाएका छन् । 

बुधवार बसेको प्रतिनिधि सभा बैठकको शुरुमा सभामुखसँग समय लिएर सांसद पन्तले यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्वीटमा हेर्नुपर्ने अवस्था आएको भन्दै दुःख व्यक्त गरे। 


‘नेपालको राष्टपति को हुने भन्ने कुरा जेएनयूका पूर्वप्रोफेसरले नेपालका पूर्वराजदूतको नाम उपयुक्त हुन्छ भनेर प्रस्तुत भए, कस्तो दिन आयो ?’ सांसद पन्तले सरकारसँग सोधे, ‘हाम्रो राजदूत हुनुहुन्थ्यो नीलाम्बर परराष्ट्रमन्त्रीसँग भेट गर्न धेरै कोसिस गर्नुपर्थ्यो । राष्ट्रपतिको चुनाव अगाडि विदेश सचिव नेपाल आउँछन्, प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई भेट्छ । हाम्रो सचिव विदेश जाँदा यही ढंगको ट्रिट पाउँछ ? सबैलाई भेटाउँछौं, यो राष्ट्रिय सम्मानको कुरा हो?’ 

राणा शासनमा समेत देशको मर्यादाका लागि काम भएको स्मरण गर्दै उनले सोधे, ‘दक्षिण एसियाको आजसम्म पराधीन नभएको देश हो, यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्वीटमा हेर्नुपर्ने ?’ भारतीय प्रोफेसर एसडी मुनीले राष्ट्रपतिका लागि ४ जनाको नाम सिफारिश गरेका थिए ।

यस्तै भारतीय विदेश सचिव विनयमोहन क्वात्राले हालै नेपाल भ्रमणको क्रममा राष्ट्रपति चुनावबारे चासो व्यक्त गरेका थिए ।

‘विदेशीसँगको भेटलाई नियमित गरियोस्, देशको स्वाभिमानका लागि नगरी नहुने भयो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ