2026-06-17 03:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माधव नेपालले राष्ट्रपतिको प्रस्ताव आएको रिपोर्टिङ गर्नुभएन : झलनाथ खनाल

फागुन १०, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफ्नो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव नआएको बताएका बताए ।

बुधबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले पछिल्लो समय भएको भेटघाटबारे अध्यक्ष माधवकुमार नेपालले रिपोर्टिङ गरेको तर राष्ट्रपतिको प्रस्ताव आएको बारे केही नबोलेको बताए ।

‘अध्यक्षले अहिलेको परिस्थितिको सन्दर्भमा, भेटघाटको सन्दर्भमा रिपोर्ट गर्नुभयो, तर राष्ट्रपतिको प्रस्ताव हाम्रो पार्टीलाई आएको भन्ने चाहिँ, त्यस्तो रिपोर्टिङ भएन’ उनले भने, ‘त्यसको अर्थ अहिलेसम्म हाम्रो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव आएको भन्ने जुन हल्ला छ नि त्यो हल्लामात्र रहेछ भन्नुपर्‍यो ।’

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । सो भेटमा नेपाललाई ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेको एमाले स्रोतले बताएको थियो ।

नेता खनालले राष्ट्रपति निर्वाचनमा आफूहरुको पनि सरोकार रहेको भन्दै यसबारेमा छलफल सुरु गर्ने बताएका छन् । ‘हामीसँग पनि निकै ठूलो मत छ । हामी सबैसँग यसबारेमा कुराकानी गर्छौं’ उनले भने ।

नेता खनालले राष्ट्रपति चुनावमा एमालेसँग सहकार्य हुन सक्ने सम्भावना पनि रहेको औंल्याए । ‘यो सवाल कठिन कठिन सवाल छ । मिल्दै मिल्दैन कसरी भन्नु, मिल्छ भन्ने आधार तयार भएकै छैन’ उनले भने ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जग्गनाथ खतिवडाले पनि राष्ट्रपतिका बारेमा आफ्नो पार्टीलाई कुनै पनि व्यक्ति र पार्टीले प्रस्ताव नगरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ