२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपा (एकीकृत समाजवादी): राष्ट्रपति चयनका लागि सबै दलसँग छलफल गर्ने

२०७९, १० फाल्गुन बुधबार १०:२४

फागुन १०, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपति चयनका सन्दर्भमा सर्वसम्मत सहमतिका लागि संसद्मा रहेका सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ  । 

पार्टीको आज बसेको सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनका लागि पछिल्लो पटक विकास भएका राजनीतिक भेटघाट र घटनाक्रमका साथै समसामयिकलगायत विषयमा छलफल गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

जनताको लामो सङ्घर्षबाट प्राप्त भएको राजनीतिक उपलब्धि विरुद्ध भइरहेका गतिविधिप्रति छलफल गरिएको बैठकमा अग्रगमन पक्षधरलाई एकताबद्ध गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बैठकमा वाम एकताका प्रयास, सङ्गठन सुदृढिकरणका प्रतिवेदन, प्रशिक्षक प्रशिक्षणको अवस्था, प्रदेशका बैठकबाट आएका सुझावबारे पनि जानकारी गराइएको थियो । क्रमिक रुपमा दुबै पार्टीका दोस्रो पुस्ताका नेताबीच भइरहेका वार्ताको सार संक्षेप बैठकमा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो