2026-06-17 01:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संविधान र जनताको अधिकारको रक्षा गर्ने अभिभारा आएको छ : नेता पौडेल

फागुन १३, काठमाडौँ | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा प्रदान गरेको अधिकारको अभिभारा आएको बताउनुभएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पदान समितिको बैठकले आज उहाँलाई पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भन्नुभयो, “नेपालको संविधानको संरक्षण, राष्ट्रियताको सम्वद्र्धन र नेपाली जनताको उन्नतीको रेखदेख गर्ने अभिभारा र  जिम्मेवारी मलाई आउन लागिरहेको छ । यसप्रति म सचेत छु ।”

उहाँले आफूलाई सङ्घीय संसद् र प्रदेशसभामा रहेका सबै दलका सबै साथीहरुको अपार स्नेह र सद्भाव रहेको विश्वास व्यक्त गर्नुभयो । नेता पौडेलले भन्नुभयो, “म सबै नेपाली दाजुभाई दिदिबहिनीहरूलाई आग्रह गर्न चाहन्छु । हामी सबै मिलेर यो राष्ट्रको जर्गेना गरौँ, संविधानको रक्षा गरौँ ।”

उहाँले ७० वर्षसम्म लडेर प्राप्त गरेको राजनीतिक व्यवस्थाको टुङ्गो लगाउन सफल भएको र यसको ठूलो महत्त्व रहेको उल्लेख गर्दै यसमा खेलबाड गर्ने प्रयास नितान्त स्वार्थी प्रयास भएको बताउनुभयो । यसप्रति सबै नेपाली सजग हुनुपर्ने नेता पौडेलको भनाइ थियो ।  

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही फागुन २५ गते राष्ट्रपति पदका लागि हुने निर्वाचनमा पार्टीका तर्फबाट पार्टीका पूर्व कावा सभापति एवं पूर्वसभामुख पौडेललाई उम्मेदवार प्रस्तुत गर्ने निर्णय गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकले नेपालको संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि कांग्रेसद्वारा प्रस्तावित उम्मेदवारलाई विजयी गराउन सबै राजनीतिक दल एवं प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सबै सदस्यमा अनुरोध गरेको छ ।  

यसैगरी बैठकले आगामी वैशाख १० गते  चितवन निर्वाचन क्षेत्र नं २  मा हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।

उक्त उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ । साथै उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा कांग्रेस दल दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ