२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

एमाले प्रदेश नं ४ को प्रथम बैठक सम्पन्न

२०७३, ५ आश्विन बुधबार ०३:५३

असोज ५, पोखरा । नेकपा एमाले प्रदेश नं ४को प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कास्कीको रुपाकोट स्थित रुपाकोट रिसोर्टमा भएको वैठकले कमिटीको कार्य बिभाजन र विभिन्न विभाग गठन गरेको छ ।

बैठकले कमिटी सचिवमा वैकल्पिक पोलिट व्युरो सदस्य तथा गण्डकी अञ्चलका निर्वतमान सयोजक जगत विश्वकर्मालाई चयन गरेको छ । पार्टीको प्रादेशिक कार्यलय पोखरामा खोल्ने र कार्यलय सचिवको जिम्मेवारी केन्द्रीय कमिटीका वैकल्पिक सदस्य तथा कास्की इञ्चार्ज मानबहादुर जिसीलाई दिने निर्णय गरेको सचिव तथा प्रचार विभाग प्रमुख जगत विश्वकर्माले जानकारी दिए । पार्टीको केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने प्रदेश कमिटीका सदस्यहरु रहेको १३ सदस्यीय सचिवालय गठन गरेको छ ।

सचिवालयमा स्थायी समिति सदस्य तथा प्रदेश संयोजक किरण गुरुङ, पोलिट व्युरो सदस्य तथा सहसंयोजक गणेश तिमिल्सिना,जगत विश्वकर्मा,मायानाथ अधिकारी, पद्मा अर्याल, मानबहादुर जिसी, भुपेन्द्र थापा, प्रतापलाल श्रेष्ठ, रामशरण बस्नेत, तिलक महत, सिता सुन्दास गोविन्द नेपाली र मना केसी रहेका छन ।

बैठकले विभिन्न विभाग गठन गरेको छ । पार्टी स्कुल विभाग प्रमुखमा प्रदेश संयोजक किरण गुरुङ, संगठन विभाग प्रमुखमा सह संयोजक गणेश तिमिल्सिना, स्थानीय विकास विभाग प्रमुखमा मायानाथ अधिकारी, मोर्चा संगठन प्रमुखमा पद्मा अर्याल र आर्थिक विभाग प्रमुखमा मान बहादुर जिसी रहेका छन ।

प्रदेशको समग्र विकास निर्माण र समृद्धिको लागि दिर्घकालिन योजना तयार पार्न प्रदेश संयोजक किरण गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यहरुमा जमिन्द्रमान घले, विकास लम्साल, जनक पौडेल, त्रिपल पी गुरुङ र राधा महत रहेका छन ।

पार्टीमा जिम्मेवारी विहिन नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिन सह संयोजक गणेश तिमिल्सिना संयोजकत्वमा कार्यदल गठन गरेको छ । प्रदेशका ११ जिल्लाका इञ्चार्ज र सह इञ्चार्ज र जिल्ला अध्यक्ष समेत रहेको कार्यदलले रोष्टर तयार गरेर जिम्मेवारी प्रदान गर्दै जाने भएको छ ।

बैठकले जिल्ला कमिटीका अध्यक्षहरु सम्बन्धित जिल्ला, राष्ट्रिय प्रतिनिधी परिषदका पूर्व सदस्यहरुलाई सम्बन्धित निर्वाचन क्षेत्र र महिला तथा दलित क्षेत्रबाट निर्वा्चितलाई सम्बन्धित जिल्लाको सम्बन्धित फाँट हेर्ने जिम्मेवारी दिएको छ ।

स्थानीय तह पुनर्सरचनाको अहिले सम्म भई रहेको यथार्त विवरण सान्दर्भिकता भए नभएको विश्लेषण गर्न स्थानीय विकास विभाग प्रमुख मायानाथ अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । प्रदेशका ११ जिल्लाका अध्यक्ष सदस्य रहेको कार्यदलले यथासिघ्र प्रतिवेदन पेश गर्ने भएको छ ।

नवल परासी जिल्लाको प्रदेश नं ४मा रहेको नवलपुर क्षेत्रका जिल्ला कमिटीका सदस्यहरु रहेको संगठन कमिटी गठन गर्ने भएको छ । जिल्ला कमिटी अध्यक्ष रोशन गाहाको संयोजकत्वमा नवलपुर जिल्ला संगठन कमिटी निर्माण हुन लागेको हो । बैठकमा महासचिव ईश्वर पोखरेल, सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ लगायतका नेताले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु