२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

एमाले प्रदेश नं ४ को प्रथम बैठक सम्पन्न

५ आश्विन २०७३, बुधबार ०३:५३

असोज ५, पोखरा । नेकपा एमाले प्रदेश नं ४को प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कास्कीको रुपाकोट स्थित रुपाकोट रिसोर्टमा भएको वैठकले कमिटीको कार्य बिभाजन र विभिन्न विभाग गठन गरेको छ ।

बैठकले कमिटी सचिवमा वैकल्पिक पोलिट व्युरो सदस्य तथा गण्डकी अञ्चलका निर्वतमान सयोजक जगत विश्वकर्मालाई चयन गरेको छ । पार्टीको प्रादेशिक कार्यलय पोखरामा खोल्ने र कार्यलय सचिवको जिम्मेवारी केन्द्रीय कमिटीका वैकल्पिक सदस्य तथा कास्की इञ्चार्ज मानबहादुर जिसीलाई दिने निर्णय गरेको सचिव तथा प्रचार विभाग प्रमुख जगत विश्वकर्माले जानकारी दिए । पार्टीको केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने प्रदेश कमिटीका सदस्यहरु रहेको १३ सदस्यीय सचिवालय गठन गरेको छ ।

सचिवालयमा स्थायी समिति सदस्य तथा प्रदेश संयोजक किरण गुरुङ, पोलिट व्युरो सदस्य तथा सहसंयोजक गणेश तिमिल्सिना,जगत विश्वकर्मा,मायानाथ अधिकारी, पद्मा अर्याल, मानबहादुर जिसी, भुपेन्द्र थापा, प्रतापलाल श्रेष्ठ, रामशरण बस्नेत, तिलक महत, सिता सुन्दास गोविन्द नेपाली र मना केसी रहेका छन ।

बैठकले विभिन्न विभाग गठन गरेको छ । पार्टी स्कुल विभाग प्रमुखमा प्रदेश संयोजक किरण गुरुङ, संगठन विभाग प्रमुखमा सह संयोजक गणेश तिमिल्सिना, स्थानीय विकास विभाग प्रमुखमा मायानाथ अधिकारी, मोर्चा संगठन प्रमुखमा पद्मा अर्याल र आर्थिक विभाग प्रमुखमा मान बहादुर जिसी रहेका छन ।

प्रदेशको समग्र विकास निर्माण र समृद्धिको लागि दिर्घकालिन योजना तयार पार्न प्रदेश संयोजक किरण गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यहरुमा जमिन्द्रमान घले, विकास लम्साल, जनक पौडेल, त्रिपल पी गुरुङ र राधा महत रहेका छन ।

पार्टीमा जिम्मेवारी विहिन नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिन सह संयोजक गणेश तिमिल्सिना संयोजकत्वमा कार्यदल गठन गरेको छ । प्रदेशका ११ जिल्लाका इञ्चार्ज र सह इञ्चार्ज र जिल्ला अध्यक्ष समेत रहेको कार्यदलले रोष्टर तयार गरेर जिम्मेवारी प्रदान गर्दै जाने भएको छ ।

बैठकले जिल्ला कमिटीका अध्यक्षहरु सम्बन्धित जिल्ला, राष्ट्रिय प्रतिनिधी परिषदका पूर्व सदस्यहरुलाई सम्बन्धित निर्वाचन क्षेत्र र महिला तथा दलित क्षेत्रबाट निर्वा्चितलाई सम्बन्धित जिल्लाको सम्बन्धित फाँट हेर्ने जिम्मेवारी दिएको छ ।

स्थानीय तह पुनर्सरचनाको अहिले सम्म भई रहेको यथार्त विवरण सान्दर्भिकता भए नभएको विश्लेषण गर्न स्थानीय विकास विभाग प्रमुख मायानाथ अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । प्रदेशका ११ जिल्लाका अध्यक्ष सदस्य रहेको कार्यदलले यथासिघ्र प्रतिवेदन पेश गर्ने भएको छ ।

नवल परासी जिल्लाको प्रदेश नं ४मा रहेको नवलपुर क्षेत्रका जिल्ला कमिटीका सदस्यहरु रहेको संगठन कमिटी गठन गर्ने भएको छ । जिल्ला कमिटी अध्यक्ष रोशन गाहाको संयोजकत्वमा नवलपुर जिल्ला संगठन कमिटी निर्माण हुन लागेको हो । बैठकमा महासचिव ईश्वर पोखरेल, सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ लगायतका नेताले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो