१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डमाथि मुद्दा : कसरी होला न्यायिक निरुपण ?

२१ फाल्गुन २०७९, आईतवार ०५:५४

फागुन २१, काठमाडौँ | तीन वर्षअघि दर्ता गर्नै नमानेको प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको छ ।

यो आदेशसँगै रिट निवेदकहरुले आइतवार पुनः रिट दर्ता गर्ने तयारी गरेका छन् । तिन वर्ष अघिको मुद्दालाई हाल चासो दिनुको अन्तर्य के हो त ?

अनि प्रधानमन्त्री विरुद्धको मुद्दाप्रक्रियामा सर्वोच्चले कति सक्रियता देखाउला ? यो सर्वचासो बनेको छ ।

२०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाषण गरिरहेका थिए ।

सोही भाषणका क्रममा उनले गरेको एक प्रतिवद्धता अहिले आएर गलपासो बनेको छ ।

सो भाषणका क्रममा उनले दश वर्षिय सशस्त्र द्वन्दका समय मारिएका १७ हजार मध्ये ५ हजारको जिम्मा आफुले लिने बताएका थिए ।

प्रचण्डको यो अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतका २५ जना र कल्याण बुढाथोकी लगायतका ९ जनाले त्यतिबेला सर्वोच्चमा रिट दर्ता गर्न खोजे । तर, रिट दर्ता भएन ।

सर्वोच्च प्रशासनले संक्रमणकालीन न्यायिक प्रक्रियाबाट यस्ता घटनाको सम्बोधन हुने भन्दै निवेदन दरपिठ गरिदियो । प्रशासनको सोही दरपिठविरुद्ध उनीहरूले पुनः सर्वोच्च अदालतमा रिट दर्ता गरे ।

सोही रिटमा सुनवाई गर्दै शुक्रबार न्यायाधीशद्धय कार्की र फुयाँलले मुद्धा दर्ता गर्न आदेश दिएका छन् । विगतमा दर्ता गर्न समेत नमानेको सर्वोच्चले एकाएक यो मुद्दालाइ किन चासो दियो त ? प्रश्न अनुत्तरित छ ।

३ बर्षपछि सर्वोच्चको मनशाय फेरिनुको अन्तर्य राजनीतिक प्रभाव हो कि भन्ने अड्कल पनि कतिपयले काटेका छन् । विगत नियाल्दा नेपालमा राजनीतिक प्रकृतिका मुद्दाहरुमा अदालतको चासो र कदमको कुनै आधार देखिँदैन ।

राजनीतिक मुद्दा दर्ता वा छिनोफानोमा अदालत कहिले पन्छिने त कहिले अस्वभाविक चासो लिने गरेको पाईन्छ ।

मुलुक सशस्त्र द्धन्द्धबाट शान्तिप्रक्रियामा आएको डेढ दशक बढि भइसक्दा प्रचण्डले तीन पटक सरकारको नेतृत्व गरिसकेका छन् । तर उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सकेका छैनन् ।

जसका कारण पनि द्वन्दकालका मुद्दाहरुले उनलाई पछ्याईरहने गरेको छ ।

द्धन्द्धताका भएका हत्या हिंसाका घटनाहरुका कारण प्रचण्डलाई अन्तर्राष्ट्रिय मानव अधिकार आयोग र अन्तर्राष्ट्रिय अदालत हेगले कारबाही गर्नसक्ने बहस पनि हुने गरेको छ ।

प्रचण्डले भने द्धन्द्धलाई राजनीतिक घटनाको संज्ञा दिने गरेका छन्, तर ३ बर्षअघि ५ हजार हत्याको जिम्मा लिने बताएपछि यसैलाई प्रमाण मान्न सकिने रिट निवेदकहरुको दाबी छ ।

उनी आफैँले कबुल गरेको अवस्थामा उनलाई पक्राउ गरेर अनुसन्धान गर्न माग दर्ताकालागि तयार रिटमा छ । अब प्रचण्डमाथि दर्ता हुने रिटमा कसरी अनुसन्धान हुन्छ ? वा न्यायिक कारवाही अगाडी बढ्छ ? त्यो चासोको विषय हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस