ललित बोहरा/असोज ५, डडेल्धुरा  । नेपाल सरकारले प्रदेश नम्वर सातको उच्च अदालत दिपायलमा स्थापना गर्नका लागी निर्णय गरे संगै कानुन व्यवसायको सुदुरपश्मिमा आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/असोज ५, डडेल्धुरा  । नेपाल सरकारले प्रदेश नम्वर सातको उच्च अदालत दिपायलमा स्थापना गर्नका लागी निर्णय गरे संगै कानुन व्यवसायको सुदुरपश्मिमा आ"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा उच्च अदालत स्थापनाको माग गर्दैकानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई ज्ञापन पत्र

२०७३, ५ आश्विन बुधबार १३:०१


ललित बोहरा/असोज ५, डडेल्धुरा  । नेपाल सरकारले प्रदेश नम्वर सातको उच्च अदालत दिपायलमा स्थापना गर्नका लागी निर्णय गरे संगै कानुन व्यवसायको सुदुरपश्मिमा आन्दोलन शुरु भएको छ । 

यसै क्रममा डडेल्धुरा जिल्लाका कानुन व्यवसायीहरुले आन्दोलन शुरु गरेका छन् । सरकारले प्रदेश न ७ को उच्च अदालत दिपायलमा रहनेगरी गरेको निर्णयको विरुद्धमा बार एशोसिएसन डडेल्धुराले ज्ञापन पत्र बुझाएको हो ।  

बार एशोसिएसन डडेल्धुराका अध्यक्ष्य तथा अधिबक्ता बिष्णु भट्टको अगुवाईमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा मार्फत कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय लाई  तिन वुँदे माँग सहित मंगलवार ज्ञापन पत्र वुझाएको छ । 


ज्ञापन पत्रमा भौगोलिक र आर्थीक रुपमा सात नम्वर प्रदेशको केन्द्र विन्दुमा रहेको डडेल्धुरामा उच्च अदालत कायम गरियोस भने उल्लेख गरिएको छ । मौजुदा सुदरपश्चिमका कैलाली र कञ्चनपुर र डडेल्धुरा, डोटी, वझाङ, वाजुरा, बैतडी, दार्चुला जिल्लाबाट चार घण्टाको दुरीमा डडेल्धुरा पुग्न सकिने र वातावरणीय रुपमा पनि डडेल्धुरा  स्वच्छ भएकाले डडेल्धुरामा स्थापन गर्न समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । 

उता कैलालीमा पनी कानुन ब्यबसायीहरु हिजो देखी जिल्ला अदालत कैलालीमा धर्ना गरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु