२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल बैंकले सहायक प्रवन्धक देखि कनिष्ठ सहायकसम्म ३९४ जना कर्मचारी माग्यो, हेर्नुहोस विज्ञापन

१६ कार्तिक २०७५, शुक्रबार ०३:२२

कार्त्तिक १६, काठमाडौं । नेपाल  बैंक लिमिटेडले सातै प्रदेशका  लागि सहायक प्रवन्धक देखि  कनिष्ठ सहायक सम्मको लागी विज्ञापन खुलाएको छ ।बैंकले सहायक प्रवन्धकको लागि खुला तर्फ ४३ जना र समावेसी सहित ७८ जना माग गरेको छ । यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा मानविकी तर्फ अर्थशास्त्र मा न्युनतम स्नाकोत्तर गरेको हुनुपर्ने बैंकले जनाएको छ ।  

त्यस्तै सहायक प्रवन्ध आइटी तर्फ खुला एक र आदिवासी एक जनाको माग गरेको छ ।

बैंकले तह ४ को लागि सहायक तर्फ सातै प्रदेशको लागि कर्मचारी माग गरेको छ जसअनुसार प्रदेश १ मा खुला २३ सहित ४१ जनाको माग गरिएको छ । त्यस्तै प्रदेश २ को लागि २८ जना खुला सहित ५१ जनाको माग गरेको छ । प्रदेश ३ का लागि खुला तर्फ ३२ जना सहित ५८ जनाको माग गरेको छ । गण्डकी प्रदेशका लागि १९ जना खुलातार्फ सहित ३४ जनाको लागि विज्ञापन गरिएको छ । प्रदेश ५ को लागि खुला तर्फ २४ सहित ४३ जनाको लागि विज्ञापन गरिएको छ । 

कर्णाली प्रदेशका लागि ११ जना खुला सहित २० जना कर्मचारी माग गरिएको छ । त्यस्तैगरि प्रदेश ७ का लागि खुला ११ सहित २० जना कर्मचारी माग गरिएको छ । सहायक पदका लागि व्यवस्थापन संकायमा स्नातक वा मानविकीमा अर्थशास्त्र लिई स्नातक पास गरेको हुनुपर्नेछ ।

बैंकले तह तीन अन्तर्गत कनिष्ठ सहायक पदको लागि पनि सातै प्रदेशमा कर्मचारी माग गरेको छ । जस अनुसार प्रदेश १ मा ५ खुला सहित ९ जना, प्रदेश २ मा ५ खुला सहित ९ जना प्रदेश ३ मा ८ खुला सहित १५ जना, गण्डकी प्रदेशका लागि ३ खुला सहित ५ जना, प्रदेश ५ का लागि ३ खुला सहित ५ जना, कर्णाली प्रदेशका लागि ३ जना र सुदुर पश्चिम प्रदेशका लागि ३ जना माग गरेको छ । यस पदमा आवेदन दिनका लागि व्यवस्थापन संकायमा प्लस २ दोश्रो श्रेणीमा पास गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

दरखास्त फारम भर्न नेपाल बैंकको वेबसाइड को करियर मा गएर आवेदन दिन सकिने बैंकले जनाएको छ । जसका लागि मङ्सिर ६ गतेसम्म समय दिइएको छ ।

हेर्नुहोस विज्ञापन 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान