२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बीपी कोइराला क्यान्सर अस्पतालले माग्यो ६३ कर्मचारी (विज्ञापन सहित)

२०७८, १ श्रावण शुक्रबार ०७:४३

साउन १, काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको छ । अस्पतालले रिक्त रहेका विभिन्न पदहरूमा ६३ जना कर्मचारीको लागि आन्तरिक तथा खुला प्रतियोगिताद्वारा स्थायी रुपमा लोक सेवा आयोगबाट सहमति प्राप्त भएअनुसार योग्यता पुगेका नागरिकहरूले दरखास्त दिन आह्वान गरेको हो ।

अस्पतालले चौथो, पाँचौं, सातौं, आठौं र नवौं तहसम्मका लागि कर्मचारी माग गरेको छ । योग्यता पुगेका विभिन्न इच्छुक नागरिकहरूले बीपी क्यान्सर अस्पताल, भरतपुर, चितवनको वेवसाइटबाट डाउनलोड गरी एफोर साईजको फोटोकपी पेपरमा प्रिन्ट/फोटोकपी गर्न सक्नेछ । साथै, सो फाराम अस्पताल, भरतपुर, चितवनको कार्यालयमा बुझाउनु पर्नेछ ।

अस्पतालले चौथो तहका लागि ३ सय रुपैयाँ, पाँचौं तहलाई ४ सय रुपैयाँ, सातौं र आठौं तहलाई १ हजार रुपैयाँ र नवौं तहलाई १२ सय रुपैयाँ परीक्षा दस्तुर तोकेको छ । त्यस्तै, एक उम्मेदावारले एकै पदको खुला तथा समावेशी सहभागी हुने भएमा प्रत्येक समुहको लागि २० प्रतिशत थप परीक्षा दस्तुर लाग्नेछ ।

अस्पतालका अनुसार सूचना प्रकाशित भएको २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिन भित्रसम्म दरखास्त दिन सक्ने जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन