प्रदेश लोक सेवाले माग्यो १०६ जना वन रक्षक

Posted on: 13 Aug, 2021

साउन २९, काठमाडौँ । प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेशले ठुलो सङ्ख्यामा वन रक्षकको विज्ञापन गरेको छ ।

आयोगले प्रदेश निजामती सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्ष पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । जसमा खुल्ला तर्फ ५८, महिला १६, आदिवासी जनजाति १४, मधेसी ११, दलित ४, अपाङ्ग २ र पिछडिएको क्षेत्र २ गरी एक सय ६ जनाको विज्ञापन गरेको हो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!