१९ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल प्रहरीमा २२१ जनालाई रोजगारीको अवसर

२५ भाद्र २०७८, शुक्रबार ०५:२५

भदौ २५, काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा नयाँ विज्ञापन खोलेको छ ।

प्रहरीले ७ वटा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा २ सय २१ जनाको लागि शुक्रबार नयाँ विज्ञापन खोलेको हो । विज्ञापनअनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ ।

त्यसपछि सूचना प्रविधि अन्तर्गत ३ पदमा ६४ जना, सञ्चार अन्तर्गत ३ पदमा ३५ जना, विधिविज्ञान प्रयोगशाला अन्तर्गत १७ जनाको माग गरिएको छ । यस्तै भौतिक पूर्वाधारतर्फ ६ तथा केनाइन र हातहतियार मर्मत अन्तर्गत १/१ जना माग गरिएको छ ।

नेपाल प्रहरी अस्पतालमा स्वास्थ्य समूह तर्फ चिकित्सक, नर्स, रेडियोग्राफर, डेन्टल हाइजिनिष्ट, ल्याब टेक्निसियन, ल्याब टेक्नोलोजिष्ट, बायोमेडिकल इन्जिनियर, डेन्टल अधिकृत, सीएमए, अनमी लगायतका पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको छ। सबैभन्दा धेरै स्टाफ नर्स र मेडिकल अफिसरको माग गरिएको छ। 

दरखास्त दिने मिति २७ भदौदेखि ७ कार्तिक तोकिएको छ । माग गरिएका पदहरू प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी नायव उपरीक्षक (डिएसपी) सम्म छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लुम्बिनी लाइन्सले ११ ओभरमा जोड्यो १०० रन नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर काठमाडौंमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु राष्ट्रपति पौडेलको शल्यक्रिया सम्पन्न लुम्बिनीलाई पहिलो झट्का! नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश विराटनगरले जित्यो टस, लुम्बिनीलाई दियो ब्याटिङको निम्तो चितवनमा प्रहरी र लामिछाने समर्थकबीच झडप, पानीको फोहोरा र अश्रु ग्यास प्रहार काठमाडौंले हरायो कर्णालीलाई, काठमाडौँको पहिलो जित काठमाडौंको पाँचौं विकेट पतन, जितका लागि ३ ओभरमा ३६ रन आवस्यक ९ महिनापछि खुल्यो आईपीओ, वैदेशिक रोजगारमा रहेकालाई गार्डियन माइक्रोलाइफको अवसर काठमाडौं गुर्खाजले १० ओभरमा ४ विकेट गुमाएर बनायो ५२ रन आज बुधबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ? एनपीएल: कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दियो १५० रनको लक्ष्य माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि ५ लाख सहयोग बिचार: पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य ! एनपीएल: काठमाडौं गोर्खाजले टस जितेर बलिङ् गर्दै संघीय सांसद अन्तरगत आज दुई समितिको बैठक बस्दै एनपिएलमा आज पनि दुई खेल: पहिलो खेल कर्णाली याक्स र काठमाडौं गोर्खाजबीच हुने यस्तो छ आजको मौसम !