२३ पुष २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिभिन्न देशबाट एक महिनामै ६२ हजार नेपाली कामदारको माग

१२ कार्तिक २०७८, शुक्रबार १२:३१

अनिल अधिकारी | कात्तिक १२, काठमाडौँ | कोरोना महामारीपछि खाडी लगायत नेपालीहरुको मुख्य गन्तव्य मुलुकहरु खुकुलो बन्दै गएपछि कामदारहरुको माग बढ्दै गएको पाइएको छ । गत असोजमा मात्र बिभिन्न मुलुकको लागि संस्थागत रुपमै ६२ हजार भन्दा बढी नेपाली कामदारहरुको माग भएको छ ।

गत असोज महिनामा मात्र बिभिन्न देशका दुई हजार भन्दा बढी रोजगारदाता कम्पनीहरुबाट ६२ हजार ५३ जना नेपाली कामदारहरुको माग भई आएको छ । माग गरिएकाहरुमा महिलाहरुको संख्या ६ हजार ३७३ जना रहेका छन् । 

बहराइन 

असोज महिनामा बहराइनको लागि बिभिन्न कम्पनिमा १८४ महिला कामदार सहित दुई हजार १२३ जना नेपाली कामदारहरुको माग आएको छ । गत असोजमा बहराइनको रोजगारको लागि धेरै माग ल्याउने म्यानपावरहरुमा त्रिभेणी एचआरइजी ओभरसिजप्रुडेन्सीयल ओभरसिज आदि रहेका छन् । 

साइप्रस

वैदेशिक रोजगार अन्तर्गत साइप्रसको लागि २१२ जना महिला र २८ जना पुरुष कामदारको माग आएको छ । साइप्रस रोजगारको लागि काठमाडौँ ओभरसिजएप्स सर्भिसक्राउन ओभरसिज लगायतले पुर्व स्वीकृति लिएका छन् । 

जापान

जापानको लागि बिभिन्न ४ म्यानपावर कम्पनीमा १७ जना पुरुष सहित १९ जना कामदारको माग आएको छ । जापानको लागि हिमालयन जब्स एक्सप्लोररग्राण्ड सुइ आदी म्यानपावरले डिमाण्ड ल्याएका छन् ।

कुवेत

नेपालीहरुको आकर्षक गन्तव्य मध्येनै पर्ने कुवेतबाट ४८४ जना महिला कामदार सहित एक हजार ८४९ जना नेपाली कामदारको माग गरेको छ । कुवेतको लागि लिंक इन्टरनेशनल प्लेसमेन्टडिसेन्ट इम्प्लोइमेन्टशारोन म्यानपावर लगायत डिमाण्ड ल्याएका छन् ।

माल्दिभ्स 

वैदेशिक रोजगार अन्तर्गत संस्थागत रुपमै माल्दिभ्सको डिमाण्डको समेत वैदेशिक रोजगार बिभागले पुर्व स्वीकृति दिएको छ । गत महिनाको पुर्व स्वीकृति रेकर्ड अनुसार हेल्प ओभरसीस प्रालिले माल्दिभ्सको Horizon Fisheries Private Limited को लागि १०० जना महिला र ५० जना पुरुष गरि १५० जनाको डिमाण्डको पुर्व स्वीकृति निकालेको छ । म्यानपावरका संचालक प्रदिप दुवाडीले  बिगत देखिनै आफ्नो म्यानपावरले माल्दिभ्समा नेपाली कामदार पठाउदै आएको बताए । उनको अनुसार माल्दिभ्स रोजगारमा पठाउने क्रममा एकै पटक माग भएजति कामदार पठाउन नसके पनि रोजगारदाताले माग गरे बमोजिम एक पटक स्वीकृति निकालेर दुई बर्ष भित्र सोहि कोटामा कामदारहरु पठाउने गरिएको बताए । उनका अनुसार नेपाल सरकारले झन्झटिलो प्रक्रियाको कारण माल्दिभ्सबाट रोजगारदाताहरुले संस्थागत रुपमा नेपाली कामदार माग गर्दैनन् । कतिपय रोजगारदाताले नेपाली कामदारनै मन पराएर व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियाबाट मात्र कामदार माग्ने गरेका छन् । सरकारले प्रक्रिया सहज बनाइदिने हो भने माल्दिभ्सबाट संस्थागत रुपमै कामदार माग हुने डुवाडीको दावी छ । 


ओमान

गत असोज महिनामा मात्र ओमानबाट २७ जना महिला सहित ६९७ जना नेपाली कामदारहरुको माग भएको छ । ओमानको लागि आयुष ओभरसिजगल्फ म्यानपावर लगायतले डिमाण्डको पुर्व स्वीकृति लिएका छन् । 

कतार 

वैदेशिक रोजगारमा जाने नेपालीहरुको प्रमुख गन्तव्य मध्य एक कतारमा गत महिना मात्र छ हजार ७५२ जना कामदारको माग भएको छ । जसमा २७४ जना महिला कामदार समेत माग भएको छ । कतारको लागि मुख्य गरि सान नेपालराज ओभरसीसआरोही एचआरमोभिरा रिक्रुटमेन्टरकि इन्टरनेशनलग्रिन तारा इन्टरनेशनलनिशान रिक्रुटमेन्ट सर्भिसक्लासिक ओभरसिस लगायतले धेरै माग ल्याएका छन् । 

रोमानिया

वैदेशिक रोजगारको लागि संस्थागत रुपमा युरोपमा रोजगार अन्तर्गत रोमानियाको डिमाण्डहरु आउने गरेका छन् । रोमानियाबाट गत असोजमा ६० जना महिला सहित ३३० जनाको माग आएको छ । रोमानियाको लागि रावल इन्टर्नेशनलबिएम ओभरसिस र ट्रस्ट नेपाल ओभरसिसले माग ल्याएका छन् । रोमानिया रोजगारको लागि एकै पटक धेरै माग आए पनि दुई बर्ष भित्र रोजगारदाताको माग अनुसार कामदार छनौट गरेर पठाउनु पर्ने हुँदा म्यानपावरहरुले एकै डिमाण्ड पटक-पटक विज्ञापन गर्नुपर्ने वाध्यता रहेको बताएका छन् । रोमानिया रोजगारमा जानको लागि नयाँ डिमाण्ड आए लगत्तै सम्बन्धित म्यानपावरहरुमा सम्पर्क गर्दा रोजगारको लागि अवसर पाउने सम्भावना हुन्छ । केहि म्यानपावरले भने एजेन्टबाट आएकाहरुलाई मात्र छिराउने गरेको गुनाशो प्राप्त हुने गरेको छ । 

साउदी अरेविया 

नेपालीहरुको मुख्य श्रम गन्तव्य मध्ये अर्को साउदी अरेवियामा गत असोजमा मात्र २४ हजार ४५० जना नेपाली कामदारहरुको माग आएको छ । जसमा माग भएका महिलाहरुको संख्या ७६ जना मात्र रहेको छ । साउदीको लागि पछिल्लो पटक धेरै संख्यामा कामदारको माग ल्याउने म्यानपावरहरुमा एसओएस म्यानपावरग्र्याण्ड शिखर ओभरसीसक्राउन इम्प्लोइमेन्टअल  सहिद ओभरसिसअक्सफोर्ड इन्टरनेशनललुलु इन्टरनेशनलयोङ म्यानपावरस्काईवेज व्युरोलक्की एचआर सोलुसनमास ह्युमन रिसोर्सफजल इन्टरनेशनललिंक इन्टरनेशनल प्लेसमेन्टब्रिज स्काई इन्टरनेशनल आदी रहेका छन् । 

युएई

नेपालीहरुको मुख्य श्रम गन्तव्य मध्ये अर्को युएईबाट गत असोजमा झन्डै दुई सय डिमाण्डहरु स्वीकृत भएका छन् । कोरोना महामारी यताकै ठूलो संख्यामा नेपाली कामदारहरु युएईबाट माग भएका छन् । गत असोजमा मात्र युएईबाट २५ हजार ४३१ जना कामदारको माग भएका छन् । जसमा महिलाको माग समेत अन्य देशको तुलनामा धेरै छ । युएईबाट गत असोजमा मात्र ४ हजार ९५४ जना महिला कामदारहरुको माग भएको छ । 

युएईको लागि धेरै माग ल्याउने म्यानपावरहरुमा द रिभर ओभरसिजमास ह्युमन रिसोर्सस्टारिस एचआरआर.वि ओभरसिजअल सेक्वेर म्यानपावरभिजन एण्ड भ्यालु ओभरसिज, एसिया लिंक सर्भिस, भ्रिन्दित सर्भिसेज, रसुवा ओभरसिज, तेन्दुली इन्टरनेशनल, इन्डिगो ओभरसिजलाइफलाइन ओभरसिजप्रफेक्ट रिक्रुटिङ सर्भिसअन्जली ओभरसिज, आयुष ओभरसिजएसओएस म्यानपावरसन लाइट ह्युमन रिसोर्सगोर्खा ह्युमन रिसोर्ससपोर्ट ह्युमन रिसोर्सेजप्याराडाइज इन्टरनेशनल, नोकरी नेपाल रिक्रुटमेन्ट, सिखर इन्टरनेशनल आदी रहेका छन् ।

वैदेशिक रोजगारका डिमाण्डहरु बिभिन्न राष्ट्रिय दैनिक पत्रिकामा र विश्वभरीबाट 'वैदेशिक रोजगार' एप डाउनलोड गरेर सजिलै हेर्न सकिन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ?