सल्यानको मुलपानीलाई पर्यटकीय गन्तब्य बनाइने

Posted on: 07 Dec, 2018

सन्तोष घर्ती | मङ्सिर २१, सल्यान | सल्यानको कपुरकोट गाउंपालिका वडा नम्बर ३ को मुलपानीलाइ पर्यटकीय गन्तब्य बनाउने योजना बनाइने भएको छ ।

वडा नम्बर ३ का वडा अध्यक्ष मिन बहादुर सेनको अगुवाइमा आज (शुक्रबार) जनप्रतिनिधि,कर्मचारी,पत्रकार र स्थानीयहरुले संयुक्त रुपमा मुलपानीको चमेरी गुफाको अनुगमन गरे पछि पर्यटकीय गन्तब्य बनाउने योजना बनाइएको हो ।

मुलपानीको चमेरी गुफामा बिभिन्न आकृतीका मुर्तिहरु,दमाह र मादल जस्तै बज्ने ढुङ्गाा तथा हजारौ चमेराहरु रहेका छन भने चमेरी गुफा करिब ५ सय मिटरको क्षेत्रफलमा फैलिएको छ ।


स्थानीय चन्द्रप्रकाश मल्लको भनाइ अनुसार गुफा ५ बर्ष पहिले फेला परेको तर बजेट अभाबको कारण ब्यबस्थित गर्न नसकिएको बताउनु भयो । गुफालाइ ब्यबस्थित बनाउन  आबश्यक बजेटको ब्यबस्था गर्दै यसको प्रचार प्रसार गरी पर्यटकीय क्षेत्र बनाउन वडा अध्यक्ष सेनलाइ स्थानीयले आग्रह गरेका थिए ।

सेनले यस बर्ष गुफाको सामुन्यमा शिब मन्दिर बनाउनको लागि बजेट बिनियोजन गरिएको र आगामी बर्ष गुफाको ब्यबस्थापनका लागि बजेट बिनियोजन गर्ने बताउनु भयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!