पत्रकार महासंघ सुनसरीका अध्यक्ष प्रहरी नियन्त्रणमा

Posted on: 16 Mar, 2023

चैत २, काठमाडौं | कोशी प्रदेश नामाकरणको विरोध गर्दै प्रदेशसभा भवन अगाडि पुगेका नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेशसभा सचिवालय अगाडि आयोजना गरिएको ‘पहिचानका लागि सडक साहित्यिक यात्रा’ विरोध कार्यक्रमबाट प्रहरीले राईलाई नियन्त्रणमा लिएको हो । उनीसँगै सञ्जय याख्खा पनि पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका पत्रकार पहिचानको आन्दोलनमा सहभागी हुँदै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!