५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छात्रामाथि बलात्कार गर्न खोज्ने सिन्धुलीका शिक्षक मैनालीविरुद्ध उजुरी

७ चैत्र २०७९, मंगलवार ०९:४६

चैत ७, सिन्धुली | छात्रामाथि बलात्कार गर्न खोज्ने सिन्धुलीका शिक्षक मैनालीविरुद्ध उजुरी कुशेश्वर विद्यापीठ माध्यामिक विद्यालयका शिक्षक बद्री मैनालीविरुद्ध छात्रामाथि बलात्कार गर्न खोजेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ ।

काभ्रेको रोशी गाउँपालिका २ भिमपोखरी घर भएका शिक्षक मैनालीले सोही विद्यालयमा अध्यनरत १७ वर्षीया छात्रासँग फोन नम्बर माग्ने फेसबुक आइडी माग्ने र कक्षाकोठामा किताब तथा गृहकार्य हेर्ने बहानामा शरीरका संवेदनशिल अंग छुने गरेको भन्दै किशोरीका दाजुले चैत ३ गते उजुरी दिएको ईलाका प्रहरी कार्यालय खुर्कोटको इन्चार्ज प्रहरी निरीक्षक सविता केसी बताइन् ।

किशोरीलाई देख्नासाथ चुम्बन गर्ने ४०/५० हजार पैसा दिन्छु र काठमाडौं घुमाउन लैजान्छु भनेर प्रलोभन देखाएर करणी गर्न खोजेको किटानी जाहेरीमा उल्लेख छ । प्रहरीले उजुरी दर्ता गरेर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको प्रहरी निरिक्षक सविता केसीले जानकारी दिइन् ।

यसअघि पनि छात्राप्रति यौनहिंसाको आरोपमा परेका मैनाली विद्यालयका स्थायी शिक्षक हुन् । उनले गरेका अनैतिक क्रियाकलाप विरुद्ध विद्यार्थीले आन्दोलन नै गरेका थिए । अघिल्लो वर्ष पनि एक छात्रालाई यौन दुर्व्यवहारको प्रयास गरेका थिए । समाजले आममाफी मगाएर छाडेको थियो ।

एकपटक माओवादीले धम्की दिएपछि एक वर्ष विद्यालय नै छाडेर काठमाडौंतिर बसेर घटना मत्थर भएपछि पुनः बिद्यालय फर्किएका थिए । अहिले शिक्षक मैनाली विद्यालयको सम्पर्कमा नरहेको प्रधानध्यापक विनोद कोइरालाले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा