असोज ६, काठमाडौँ । मनास्लु पदमार्गको उहिया दोभानखण्डमा झरेको पहिरामा परी घाइते भएकामध्ये १४ जनाको अहिले बल्खुुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ६, काठमाडौँ । मनास्लु पदमार्गको उहिया दोभानखण्डमा झरेको पहिरामा परी घाइते भएकामध्ये १४ जनाको अहिले बल्खुुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । 
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनास्लु पदमार्गका घाइतेको उपचार हुँदै

६ आश्विन २०७३, बिहीबार १३:१२

असोज ६, काठमाडौँ । मनास्लु पदमार्गको उहिया दोभानखण्डमा झरेको पहिरामा परी घाइते भएकामध्ये १४ जनाको अहिले बल्खुुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । 

अस्पताल ल्याइएका १५ घाइतेमध्ये एक विदेशीको मृत्यु भएको थियो । यसअघि चार जनाको मृत्यु भएको थियो । पहिरामा परी काठमाडौँका दोर्जे लामा र छिरिङ शेर्पा, क्यान नेपाल संस्थामा काम गर्ने ओखलढुङ्गाका रञ्जना बस्नेत र एक स्पेनीको मृत्यु भएको छ । 

घाइतेलाई इजी हेलिकोप्टरले काठमाडौँ ल्याएको थियो । पहिरामा परी १७ जना घाइते भएकामा १५ जना मात्र अस्पताल ल्याइएको थियो । तीमध्ये चार नेपाली छन् भने विदेशीको पहिचान खुलेको छैन । 

घाइतेमध्ये अधिकांशको टाउको र हातखुट्टामा चोट लागेको उपचारमा संलग्न अस्पतालका हाडजोर्नी विशेषज्ञ डा अभय यादवले राससलाई जानकारी दिनुभयो ।  

पर्यटक पथ प्रदर्शक उत्तम राईका अनुसार बिहान करिब ९ बजे मनास्लु पदमार्गमा पर्ने उहिया दोभानमा माथिदेखि पहाड पल्टेर पहिरो झरेको थियो । घटनालगत्तै गाउँलेलाई बोलाएर उद्धार गरिएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’