असोज ६, काठमाडौँ । मनास्लु पदमार्गको उहिया दोभानखण्डमा झरेको पहिरामा परी घाइते भएकामध्ये १४ जनाको अहिले बल्खुुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ६, काठमाडौँ । मनास्लु पदमार्गको उहिया दोभानखण्डमा झरेको पहिरामा परी घाइते भएकामध्ये १४ जनाको अहिले बल्खुुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । 
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनास्लु पदमार्गका घाइतेको उपचार हुँदै

२०७३, ६ आश्विन बिहीबार १३:१२

असोज ६, काठमाडौँ । मनास्लु पदमार्गको उहिया दोभानखण्डमा झरेको पहिरामा परी घाइते भएकामध्ये १४ जनाको अहिले बल्खुुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । 

अस्पताल ल्याइएका १५ घाइतेमध्ये एक विदेशीको मृत्यु भएको थियो । यसअघि चार जनाको मृत्यु भएको थियो । पहिरामा परी काठमाडौँका दोर्जे लामा र छिरिङ शेर्पा, क्यान नेपाल संस्थामा काम गर्ने ओखलढुङ्गाका रञ्जना बस्नेत र एक स्पेनीको मृत्यु भएको छ । 

घाइतेलाई इजी हेलिकोप्टरले काठमाडौँ ल्याएको थियो । पहिरामा परी १७ जना घाइते भएकामा १५ जना मात्र अस्पताल ल्याइएको थियो । तीमध्ये चार नेपाली छन् भने विदेशीको पहिचान खुलेको छैन । 

घाइतेमध्ये अधिकांशको टाउको र हातखुट्टामा चोट लागेको उपचारमा संलग्न अस्पतालका हाडजोर्नी विशेषज्ञ डा अभय यादवले राससलाई जानकारी दिनुभयो ।  

पर्यटक पथ प्रदर्शक उत्तम राईका अनुसार बिहान करिब ९ बजे मनास्लु पदमार्गमा पर्ने उहिया दोभानमा माथिदेखि पहाड पल्टेर पहिरो झरेको थियो । घटनालगत्तै गाउँलेलाई बोलाएर उद्धार गरिएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक