२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एआईजी ज्ञवालीको भर्ना प्रक्रियामा भेटिएन त्रुटि, गृह स्रोत भन्छ– तत्कालीन कानूनअनुसार योग्य देखियो !

२०७९, ९ चैत्र बिहीबार ११:१०

चैत ९, काठमाडौं | प्रहरी महानिरीक्षक (आईजीपी)को रेसमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको भर्ना प्रक्रियालाई लिएर लागेको आरोप पुष्टि नहुने देखिएको छ । एआईजी ज्ञवालीको भर्ना प्रक्रियाका विषयमा प्रारम्भिक अनुसन्धान गरेको गृह मन्त्रालय स्रोतका अनुसार उनी तत्कालीन अवस्थामा विद्यमान कानूनी व्यवस्थाअनुसार प्रहरी सेवामा भर्ना हुन योग्य रहेको देखिएको छ ।

नागरिकता र शैक्षिक प्रमाण पत्रमा फरक जन्ममिति रहेको र सेवा प्रवेश गर्दा २५ वर्ष नाघिसकेको भन्दै ज्ञवालीविरुद्ध उजुरी परेको थियो ।  उजुरी सम्बन्धमा प्रारम्भिक छानबिन गरेको गृह मन्त्रालयले प्रहरी नियमावलीको तत्कालीन व्यवस्थाअनुसार नै ज्ञवाली भर्ना भएको देखिएको निष्कर्ष निकालेको छ । भर्ना हुँदाको समयमा अर्कै व्यवस्था रहेकोमा अहिलेको नियमावलीसँग तुलना गर्नु तर्कसंगक नहुने गृहका एक अधिकारीले बताए ।

‘कसैले उजुरी गर्दैमा कोही दोषी ठहरिने होइन । उनका सम्बन्धमा खासै समस्या हुने खालको अवस्था देखिएन । महानिरीक्षक नियुक्तिका बेला विवाद निकाल्नु उपयुक्त पनि होइन,' गृह स्रोतले भन्यो । 

डीआईजीबाट एआईजीमा बढुवा भएका पाँचजना भावी आईजीपीका लागि प्रतिस्पर्धी छन् । पाँचै एआईजीले बुधवार प्रहरी महानिरीक्षकको हातबाट फुली लगाएका छन् । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह तथा एआईजीहरूले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता समेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण