पशुपति मन्दिर परिसरमा प्लाष्टिक र प्लाष्टिकजन्य वस्तु निषेध

Posted on: 29 Mar, 2023

चैत १५, काठमाडौँ | पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज (बुधबार) सूचना प्रकाशित गर्दै पशुपति क्षेत्रमा प्लाष्टिक र प्लाष्टिकजन्य वस्तुलाई निषेध गरेको जनाएको छ ।

प्लाष्टिकजन्य वस्तुको प्रयोगले पपशुपति क्षेत्रमा फोहोर बढेको भन्दै कोषले अब पशुपति क्षेत्रमा प्लाष्टिकजन्य सामग्री नलैजान पनि आग्रह गरेको छ । कोषले  ‘प्लाष्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लाष्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन साथै स्वच्छ पशुपति सफा पशुपति अभियानमा जुट्न पनि सबैलाई आग्रह गरेको छ |' यस्तै, कोषले पशुपति क्षेत्रमा हरेक शनिबार दिनको दुई घण्टा विशेष सरसफाई भइरहेको पनि जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!