बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

Posted on: 29 Mar, 2023

चैत १५, धनगढी | धनगढीमा बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको उत्तरप्रदेश जिल्ला रामपुर क्यामरी थाना घर भई धनगढी बस्दैआएका ५० वर्षीय रिजवान खानलाई प्रहरीले पक्राउ गरेको हो । 

रिजवान माथि सात बर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि पक्राउ गरेको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षकले बताए। 

प्रहरीका आनुसार रिजवानले चैत १० गते दिउँसो बालिकालाई  बिस्कुटको प्रलोभन देखाएर आफ्नै डेरामा लगि करणी गरेको उनले बताए ।

पीडितपक्षको उजुरीपछि केही दिनअघि नै पक्राउ परेका रिजवानलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनी माथि अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षकले बताए |


यस बिषयमा तपाइको प्रतिक्रिया...!