अनलाइनमार्फत ठगी गर्ने ९ चिनियाँ र १० जना नेपाली पक्राउ

Posted on: 29 Mar, 2023

चैत १५, काठमाडौँ | अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न ९ चिनियाँ नागरिक र १० जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाइ राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो ।

उनीहरूले ह्वाट्स एपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर अपरेसन टिचर नामक च्यानलमार्फत ठगी गर्ने गरेको कार्यालयले जानकारी दिएको छ। उनीहरूले पैसा हाले पछि अनलाइनमार्फत सामान बिक्री हुन्छ भन्दै त्यसबापत आउने फाइदाको रकम कम्पनीको खातामा रहने र बिक्री गरेको १४ दिनमा मुनाफाको ३० प्रतिशतसहित रकम आउने भन्दै ठगी गर्ने गरेको खुलेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!