४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाँचथरमा कार दुर्घटना परि १८ वर्षीया किशोरीको मृत्यु, ३ जना गम्भीर घाइते

१८ चैत्र २०७९, शनिबार ०५:३६

चैत १८, पाँचथर | पाँचथरमा गए राति सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । 

मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिका–३ कान्छीदोकान बजार छेउमा गए रातिे प्र १–०१–००१ च ९३४९ को कार सडकबाट करिब २०० मिटर तल झरेर दुर्घटना हुँदा कारमा सवार १८ वर्षीया रश्मी भुजेलको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार मृतकका बाबु झापाको विर्तामोड नगरपालिका–१ का ४५ वर्षीय राजु भुलेजले चलाएको कार सडकबाट झरेर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चालक राजुसहित उनकी श्रीमती ३९ वर्षीया लीला भुजेल, बहिनी ४० वर्षीया सीता भुजेल र छोरी रश्मी घाइते भएका थिए । घाइतेमध्ये रश्मीलाई उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइते तीनै जनाको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा कारमा सवार राजुका १३ वर्षीय छोरा राजमोहन भने सकुशल छन् । दुर्घटनाको कारण पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ