तनहुँमा ट्र्याक्टर दुर्घटनामा परि बुबाको मृत्यु, छोरा घाइते

Posted on: 01 Apr, 2023

चैत १८, दमौली | तनहुँमा ट्र्याक्टर दुर्घटनामा परी बुबाको मृत्यु भएको छ । दुर्घटनामा अधिकारीका छोरासहित दुईजना घाइते भएका छन् । 

भानु नगरपालिका–२ भकुन्थोकस्थित डुम्रे बेंसीसहर सडकखण्ड जोड्ने भित्री सडकमा बा ०३–००१ त २२६ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका उनको  उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो । दुर्घटनामा मृतक अधिकारीका छोरा १७ वर्षीय समिर तथा ३९ वर्षीय दीपक नेपाली घाइते भएका छन् । दुवैको उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!