१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाँचथरको फालेलुङमा छैटौ चौँरी महोत्सव हुने

२१ चैत्र २०७९, मंगलवार ०१:४३

कमल घिमिरे । चैत्र २१। पाँचथर, पाँचथरको फालेलुङ गाउँपालिकामा छैटौँ फालेलुङ चौँरी पर्यटन महोत्सव आगामी चैत ३० देखी बैशाख २ गते सम्म हुने भएको छ । 

महोत्सव पाँचथरको उत्तरी फालेलुङ गाँउपालीकाको चाररातेमा हुने भएको हो । भारतको सिमाना नजिक रहेको यो महोत्सव नयाँ बर्षमा आयोजना हुन लागेको हो । विश्वमै लोपोन्मुख चौंरी संस्कृतिको जगेर्ना गर्नु , उच्च पहाडी क्षेत्रको पर्यावरण सन्तुलन कायम गर्न ,विश्वमै लोपोन्मुख रेडपाण्डा र जैविक विविधताको संरक्षण गर्नु महोत्सवको मुख्य उदेश्य रहेको फिदिममा आयोजित पत्रकार सम्मेलनमा फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगुले बताउनु भयो । 

महोत्सवमा चौरी र चौरीजन्य उत्पादनको प्रर्दशनी, गोठ पर्यटनको प्रवद्र्धन, उच्च पहाडी क्षेत्रको अवलोकन, सास्कृतिक कार्यक्रम राखिएको छ । फुटवल प्रतियोगिता समेते हुने भएको  छ । अग्लो स्थानमा हुने प्रतियोगितामा १६ टिमको सहभागि हुने बताइएको छ । महोत्सवले गोठ स्टेलाई प्रवद्र्धन गर्ने छ ।

फालेलुङ गाउँपालिको आर्थिक सहयोगमा हुने महोत्सवमा चौँरी तथा याकको प्रजातीहरुको संरक्षण र सम्बर्धनमा सहयोग पुग्ने पत्रकार सम्मेलन गर्दै आयोजकले जनाएको छ । महोत्सवलाई आकर्षण गर्न फालेलुङ क्षेत्रमा पाइने जडिबुटीहरु , स्थानिय संस्कार सँस्कृती झल्कने परिकारहरु, भेडाको उनबाट निर्मित सामाग्रीहरुको बिक्री, गोठस्टेको अनुभव , पुरुष फुटबल प्रतियोगीता, नृत्य प्रतियोगीता लगायतको आकर्षण रहने आयोजकले जनाएको  छ । 

महोत्सव सहरी बिकास मन्त्री सिता गुरुङको प्रमुख अतिथ्यतामा हुने भएको छ । महोत्सवका लागी आवश्यक तयारी तिब्र रुपमा अगाडी बढाईएको  दिपज्योती युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा