२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ

२०७९, २१ चैत्र मंगलवार ११:०७

चैत २१, काठमाडौँ | एक नाबालिगमाथि सामूहिक बलात्कारमा संलग्न आरोपमा दुईजना पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ घर भई काठमाडौंको टोखा नगरपालिका-६ धापासी बस्दै आएका २१ वर्षका निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-७ घर भई टोखा-६ धापासी बस्दै आएका २१ बर्षका कुशल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ९८४८७७८०२१ नम्बर प्रयोग गरेर आशिष तामाङ नाम राखी नक्कली फेसबुक आईडी खोलेर पीडितलाई साथी बनाएका थिए । फेसबुकमार्फत भेटघाटको समय मिलाएर गत फागुन ६ गते काठमाडौंको टोखामा भेटी कुशल सहितले ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ ।

पीडितले प्रहरीलाई जानकारी गराएपछि चैत २० गते काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धापासीबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताए । उनका अनुसार पक्राउ परेका दुवैजनालाई अन्य थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण