मोरङमा एकै दिन १९९ नक्कली परीक्षार्थी पक्राउ

Posted on: 06 Apr, 2023

चैत २३, मोरङ | मोरङको तीन वटा परीक्षा केन्द्रबाट ठुलो सङ्ख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

मोरङको झोराहाट, केराबारी र हरैचाबाट १९९ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए । 

ग्रामथान गाउँपालिका २ झोराहाटबाटस्थित श्री सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिँदै गरेको ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

यस्तै सार्वजनिक मावि केराबारीबाट १२७ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । ‘नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी दाहालले भने, ‘घटनास्थलमा प्रहरी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टङ्क गौतमको टोली पुगेको छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!